योजना आयोगको उपाध्यक्षमा कँडेल
काठमाडौं । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. पुष्प कँडेल नियुक्त भएका छन् । मन्त्रिपरिषद्को मंगलबार बिहान बसेको बैठकले उनलाई नियुक्त गरेको हो । नेकपा (एमाले) का केन्द्रीय लेखापरीक्षण आयोगका अध्यक्षसमेत रहेका कँडेलले त्रिभुवन विश्वविद्यालयमा अर्थशास्त्रमा अध्यापनसमेत गरेका थिए ।
धादिङ जिल्ला बेनीघाट–१ रिचोकटारमा जन्मिएका कँडेलले दिल्ली स्कुल अफ इकोनोमिक्सबाट कर्पाेरेट ट्याक्सेसन एन्ड इनभेस्टमेन्ट बिहेबियर इन नेपाल विषयमा विद्यावारिधि गरेका हुन् । उनले २०४२ सालबाट सरस्वती क्याम्पसमा पढाउन थाले । कँडेल एमालेको २०४९ मा सम्पन्न पाँचौं महाधिवेशनबाट केन्द्रीय लेखापरीक्षण कमिटीको सदस्य निर्वाचित भएका थिए । उनी १० वर्षदेखि निरन्तर लेखा परीक्षण आयोगको अध्यक्ष छन् । २०५१ सालमा एमाले सरकारमा रहँदा तीन महिना राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक समिति सदस्य र २०६२÷६३ को आन्दोलनपछि नेपाल बैंक लिमिटेडको सञ्चालक समिति सदस्यमा रहेर समेत उनले काम गरेका छन् । बैठकले आयोगका सदस्यहरूमा कृष्णप्रसाद ओली, उषा झा, दिलकुमार गुरुङ, सुशील भट्ट, मीनबहादुर शाही र रामकुमार फुयाँललाई नियुक्त गर्ने निर्णय गरेको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply