मन्त्रीले पेलेपछि घरमै आराम
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले नेपाल राष्ट्र बैंकको नेतृत्वमाथि औंला उठाए पनि अझैसम्म नेतृत्वले त्यसलाई टेरपुच्छर लगाइरहेको छैन । राष्ट्र बैंकको नेतृत्वको असक्षमताकै कारण पछिल्लो समय बैंक तथा तथा वित्तीय संस्थाहरूको अनुगमन तथा निरीक्षण कार्य पातलिएपछि अर्थमन्त्रीले औंला उठाउन पुगेका हुन् ।
केही दिनअघि, राष्ट्रिय वाणिज्य बैंक र एनआईडीसी बैंकबीचको मर्जरको कार्यक्रममा बोल्दै अर्थमन्त्री डा. खतिवडाले राष्ट्र बैंकका गभर्नर र डेपुटी गभर्नरहरूप्रति लक्षित गर्दै भने, ‘विश्वको वित्तीय प्रणालीमा फेरि एकपटक संकट आउन सक्ने देखिएको छ । त्यसका लागि हामी अहिलेदेखि नै सचेत हुनुपर्छ । तर, त्यसका निम्ति केन्द्रीय बैंक सचेत देखिएको छैन । केन्द्रीय बैंक झन्झन् कमजोर बन्दै गएको छ । पछिल्लो समय बैंकहरूको नियमनका देखिएको कमजोरीले पनि त्यही कुराको संकेत गर्दछ ।’
अर्थमन्त्री डा. खतिवडाले ‘राष्ट्र बैंकलाई कारबाही गर्ने अधिकार अर्थ मन्त्रालयसँग छ भन्ने कुराको हेक्का राष्ट्र बैंकको नेतृत्वले राख्नुपर्छ’ भनेर पनि सो कार्यक्रममा बोलेका थिए । गभर्नर डा. चिरञ्जीवी नेपालको कार्यशैलीप्रति चित्त नबुझेर नै अर्थमन्त्री राष्ट्र बैंकको नेतृत्वमाथि खनिएको बताइन्छ । यसअघि, राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले राष्ट्र बैंकको वार्षिकोत्सव कार्यक्रममा बैंक तथा वित्तीय संस्थाहरूमाथिको कारबाहीको फाइल लुकाउन काम भएको खुलासा गरेका थिए । डेपुटी गभर्नर सिवाकोटीले राष्ट्र बैंकका कर्मचारीहरूबाटै त्यस्तो कार्य भएको संकेत गरेका थिए ।
बैंक तथा वित्तीय संस्थाहरूमाथिको नियमन तथा निरीक्षण कार्य पछिल्लो समय कम हुँदै गएपछि त्यसप्रति अर्थमन्त्री असन्तुष्ट रहेको बताइन्छ । पहिला सबै बैंक तथा वित्तीय संस्थाहरूमाथि नियमित रूपमा नियमन हुने गथ्र्यो तर डा. नेपाल गभर्नर भएपछि भने नियमन कार्य कम हुँदै गएको छ । असार मसान्त आउनै लाग्दासमेत एक तिहाइ पनि बैंक तथा वित्तीय संस्थाहरूको नियमन हुन सकेको छैन । राष्ट्र बैंकको नेतृत्वले नै नियमनमा बेवास्ता गरेको हुँदा यस्तो स्थिति आएको बताइन्छ ।
डा. नेपाल गभर्नर भएर आएपछि नियमन कार्यले सुस्तता लिएको हो । डा. नेपाल गभर्नर भएपछि नियमन कार्यलाई गति दिँदा कतिपय बैंक तथा वित्तीय संस्थाहरूलाई कारबाही गर्नुपर्ने, कारबाहीमा जाँदा माथिल्लो तहबाट दबाब आउने र आफ्नै आसेपासेहरूलाई कारबाही गर्नुपर्ने देखिएकाले नियमन प्रक्रियालाई फितलो बनाएको बताइन्छ । वर्तमान अर्थमन्त्री तथा तत्कालीन गर्भनर डा. खतिवडाका पालामा बैंक तथा वित्तीय संस्थाहरूको नियमनमा जाने राष्ट्र बैंकका कर्मचारीहरू आचारसंहितामा बाँधिएका थिए । त्यतिबेला नियमनमा जाने कर्मचारीहरूले चिया र पानीबाहेक अरू खाँदैनथे । तर, अहिले भने नियमनमा जाने कर्मचारीहरूलाई बैंकहरूले पाँचतारे होटलको खाजाको व्यवस्था गर्ने गरिएको बताइन्छ । कर्मचारीहरूले पनि बैंकबाट राम्रो सत्कार र आतिथ्य पाउने गरेको हुँदा नियमन झनै फितलो बन्दै जान थालेको बताइन्छ ।
राष्ट्र बैंक नेतृत्वले नियमन कार्यलाई फितलो बनाएपछि त्यसप्रति अर्थमन्त्री डा. खतिवडा असन्तुष्ट मात्र बनेका छैनन्, गभर्नर नेपाललाई अप्रत्यक्ष रूपमा जिम्मेवारीबाट मुक्त हुन दबाब पनि दिइरहेको बताइन्छ । अर्थमन्त्रीको दबाब थेग्न नसकेपछि गभर्नर डा. नेपाल अचेल राष्ट्र बैंकमा पूरा समय बस्ने गरेका छैनन् । उनी बिहान आएर हाजिर हुने र त्यसपछि दिनभरि घरमै गएर आराम गर्ने गरेको बताइन्छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply