आफूखुसी विज्ञ समूह बनाए मन्त्रीले
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीलाई कामकाजी मन्त्रीकै रूपमा लिइन्छ । मन्त्री भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई २१ घण्टासम्म सञ्चालनमा ल्याउन उनले तत्परता देखाएका छन् । यसबाहेक पर्यटन, उड्डयनलगायत क्षेत्रमा पनि उनले राम्रै काम गर्ने संकेत दिएका छन् ।
तर, केही दिनअघि भने मन्त्री अधिकारीले आफूखुसी जम्बो ‘विज्ञ समूह’ गठन गरेका छन् । कुनै पनि विज्ञ समूह मन्त्रीले बनाउनु त्यो मन्त्रीको तजबिजको कुरा हो । तर, मन्त्री अधिकारीले भने पर्यटन हेर्ने पार्टीको भ्रातृ संगठन हुँदाहुँदै त्यससँग कुनै परामर्श नै नगरी विज्ञहरू राखेर समूह गठन गरेका हुन् ।
मन्त्री अधिकारीले पर्यटन क्षेत्र हेर्ने एमालेको आधिकारिक भ्रातृ संगठन नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनसँग खासै परामर्श नगरी केही व्यक्तिको लहलहैमा लागेर विज्ञ समूह गठन गरेका हुन् । मन्त्री अधिकारीले एमालेका पर्यटन व्यवसायीहरूसँग आफूले ‘थिंक ट्यांक’ गठन गर्न लागेको कुरा अनौपचारिक रूपमा गरे पनि सोमबार भने उनले संगठनसँग कुनै सल्लाह नगरी व्यक्तिहरू चयन गरेका छन् ।
पर्यटन क्षेत्रमा गर्नुपर्ने सुधारका लागि मन्त्रीलाई राय र सुझाव दिने र सरकारबाट समयसमयमा गठन हुने पर्यटनसम्बन्धी विभिन्न कार्यदलमा विज्ञका रूपमा सेवा दिने गरी सो विज्ञ समूह गठन गरिएको बताइएको छ । विज्ञ समूहमा अर्जुन शर्मा, अनिल चित्रकार, कुन्दमणि दीक्षित, डा. गंगाप्रसाद अकेला, चन्द्रप्रसाद ढकाल, छाया शर्मा, छेवाङ लामा, ज्योति अधिकारी, दीपेन्द्रपुरुष ढकाल, प्रदीपराज पाण्डे, प्रचण्डमान श्रेष्ठ, वसन्त मिश्र, विजय अमात्य, महेन्द्रसिंह थापा, याङ्किला शेर्पा, योगेन्द्र शाक्य, रवीजंग पाण्डे, मदन आचार्य, वासु त्रिपाठी, सिर्जना राणा, सोनाम शेर्पा, राज ज्ञवाली, रोशन थापा, शिव ढकाल, सञ्जय चौधरी, सुमन पाण्डे, सुरेशमान श्रेष्ठलगायत २९ जना रहेका छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply