किन लम्बियो डीएसपी बढुवा ?
काठमाडौं । दुई हप्ताअगाडि नै गर्ने तयारी गरिएको नेपाल प्रहरीको डीएसपीको बढुवा अझै हुन सकेको छैन । विभिन्न शक्ति केन्द्रबाट आएको दबाबका कारण गृह मन्त्रालयले डीएसपीबाट एसपीमा बढुवाको सूची निकाल्न नसकेको बुझिएको छ ।
२८ जना एसपीका लागि अहिले झन्डै चार दर्जन डीएसपी बढुवाको प्रतिस्पर्धामा छन् । त्यसमा पनि पहिलो नम्बरमा को पर्ने भन्ने लडाइँका कारण बढुवा गर्न कठिनाइ परेको बुझिएको छ । स्रोतका अनुसार अहिले डीएसपीहरू गंगा पन्त, सानुराम भट्टराई, रवि पौडेल र सोमन्द्रसिंह राठौरले पहिलो नम्बरमा बढुवाका लागि शक्ति केन्द्र प्रयोग गरेर दबाब सिर्जना गरेपछि बढुवामा समस्या आएको हो । आईजी सर्वेन्द्र खनालको चाहना पन्तलाई नै पहिलो नम्बरमा ल्याउनेछ । त्यसले समावेशिताको सन्देश पनि दिने र इन्सपेक्टरबाट बढुवा हुँदा पनि पहिलो स्थानमा भएका आधारमा पन्तलाई नै पहिलो स्थानमा बढुवा गर्ने आईजीको चाहना भएको बताइन्छ । तर, विभिन्न शक्ति केन्द्रबाट अरूको नाम आएपछि आईजी खनाल अप्ठ्यारोमा परेको बताइन्छ । स्रोतका अनुसार डीएसपी भट्टराईले प्रधानमन्त्रीको सचिवालयलाई प्रयोग गरेका छन् । प्रधानमन्त्री केपी ओलीको निजी अंग रक्षक रहेका भट्टराई इन्सपेक्टर भर्ना हुँदा उनको अरू ब्याजीभन्दा ६ महिनापछि तालिम गरेका हुन् । अहिले चितवनमा रहेका पौडेलले भरतपुर महानगरपालिका कि प्रमुख तथा प्रचण्डपुत्री रेणु दाहाललाई लगाएर पहिलो नम्बरमा पर्न दबाब दिएका छन् । चितवनमा मारिएका तरुण दलका अध्यक्षकी श्रीमतीसँग अहिले पौडेलको हिमचिम बढेको बताइन्छ । हाल अपराध महाशाखामा रहेका राठौरले नवराज सिलवाललाई बोकेर हिँडेको बुझिएको छ । उनी पूर्वएआईजी प्रकाश कुँवरका ज्वाइँ हुन् । पहिले राम्रो भए पनि सोह्रखुट्टेमा बस्दा यिनको छविमा दाग लागेको बताइन्छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply