नापीका हाकिम लुसुक्क कता ?
काठमाडौं । आफ्नो हाकिमको महिलासँगको सम्बन्धबारे नापी विभागको क्यान्टिनमा आजभोलि बाक्लै चर्चा हुने गरेको छ । युवतीप्रेमी महानिर्देशक गणेशराज भट्ट इभिनिङ वाक भन्दै हरेक साँझ नापीकै महिला कर्मचारीको डेरामा पुग्ने गरेको प्रसंग कसैले सुनाउँदा पनि कर्मचारीहरूले त्यसलाई आश्चर्यका रूपमा भन्दा पनि स्वाभाविक रूपमा लिने गरेका छन् ।
नापीकै प्रांगणमा सुनाइएको कथनअनुसार महानिर्देशक भट्टको घर इमाडोलको बोझेपोखरीमा छ । उनी हरेक बेलुकी क्याप लगाएर इभिनिङ वाकमा निस्किन्छन् । १५ मिनेट टाढा एउटा घरमा १५ मिनेटजति आराम गर्छन् । त्यो घरमा नापी कार्यालय ललितपुरमा करारमा कार्यरत एक महिला कर्मचारी डेरा बस्छिन् ।
त्यति मात्र होइन, उनी खरदारभन्दा तल्लो तहका महिला अमिनका अगाडिसमेत लुत्रुक्क पर्ने गरेका छन् । उनलाई भर्खर अमिन पास गरेका केटीहरूले पनि उनकै कार्यकक्षमा थर्काउने गरेका छन् । केही दिनअघि प्रमुख नापी अधिकृतहरूकै अगाडि भट्टकै कार्यकक्षमा एक महिला अमिनले उपरखुट्टी लगाउँदै मलाई कसले सरुवा गर्दो रहेछ हेरौंला भन्दै भट्टलाई त्यहीँ हप्काइन् । तर, डीजी ङिच्च हाँसेरै बसे । उनको यो हविगत देखेर प्रमुख नापी अधिकृतहरू पनि लाजले पानीपानी भएका थिए ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply