आयोग नै कर्मचारी–नेतासामु लाचार
काठमाडौं । केही दिनअघि लोकसेवा आयोगले ८० जना सुब्बालाई शाखा अधिकृतमा बढुवा ग¥यो । फाइल बढुवा भएर शाखा अधिकृत हुनेहरूमा केही ‘निजामती नेता’हरू रहे । तर, आयोगले केही निजामती नेताहरूको बढुवा गर्दा भने आँखा चिम्लिएको पाइएको छ ।
शाखा अधिकृतमा बढुवा हुनेहरूमा आधिकारिक उपाध्यक्ष भोला पोखरेल, कांग्रेसनिकट कर्मचारी संघको अध्यक्ष गोपाल पोखरेल र तत्कालीन एमालेनिकट कर्मचारी संगठनको अध्यक्ष केदारप्रसाद देवकोटा पनि परेका छन् । फाइल बढुवा गर्दा दुर्गममा बसेर काम गरेको हुनुपर्ने भए पनि ट्रेड युनियनका उपाध्यक्ष पोखरेल र कांग्रेसनिकट कर्मचारी संघको अध्यक्ष पोखरेलको भने दुर्गम क्षेत्रमा सेवा गरेको अनुभव नै नभई बढुवा हुन पुगेको छ । निजामती सेवामा प्रवेश गरेदेखि नै उपत्यका नछाडेका उपाध्यक्ष पोखरेलको यसअघि जुम्लाको प्रमुख जिल्ला अधिकारीको कार्यालयमा दरबन्दी रहेको थियो । तर, जुम्लामा दरबन्दी रहे पनि उनी जुम्लामा बस्दै बसेनन् । जुम्लामा दरबन्दी रहे पनि काठमाडौंमै सहकारी विभागमा काज मिलाएर कार्यरत रहे । उनी तीन महिनामा एकपटक जुम्ला जाने र फेरि काज मिलाएर काठमाडौंमै बस्दै आएका थिए । आयोगले पोखरेलको बढुवा गरेको छ ।
यस्तै, कांग्रेसनिकट कर्मचारी संघको अध्यक्ष पोखरेल पनि उपत्यका नछाड्ने भाग्यमानीमा पर्दछन् । उनको दुर्गममा दरबन्दी रहे पनि उपत्यकामा काजमा बस्दै आएका थिए । उनी पनि दुर्गममा कुनै सेवा नगरी उपत्यकामा नै बसेर बढुवा हुन पुग्नेमा परे । एमालेनिकट कर्मचारी संगठनको अध्यक्ष देवकोटाको भने भौगोलिक नम्बर पुगेका कारण बढुवा हुन पुगेको छ । उपत्यकामा १० वर्षभन्दा बढी बस्दा भौगोलिक नम्बर पुग्ने र दुर्गम क्षेत्रमा जानुनपर्ने नियम रहेको छ ।
आयोगले ८० जना कर्मचारीको बढुवा गरेपछि सबैलाई कर्णाली अञ्चलमा पठाइएको छ । तर, निजामती कर्मचारीको नेता भएका कारण पोखरेलद्वय र देवकोटालाई भने उपत्यकामा नै राखिएको छ । निजामती कर्मचारी संगठनको नेता भएकै कारण ८३ हजार निजामती कर्मचारीमध्ये करिब १ हजार आफूलाई पायक पर्ने ठाउँमा बस्दै आएका छन् । निजामती संगठनको नेतालाई उपत्यकामा बस्न पाउने सुविधा रहेको हुँदा निजामतीको नेता हुन दौडधुप चल्ने गरेको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply