विमानस्थलको दमकलमा कमिसनको खेल
काठमाडौं । नागरिक उड्डयन प्राधिकरणमा दमकल खरिदका लागि लाखौं रुपैयाँ कमिसनको खेल भएको छ । प्राधिकरणका महानिर्देशक सञ्जीव गौतम र खरिद शाखाका प्रमुख कुलप्रसाद सिम्खडाको मिलेमतोमा सार्वजानिक खरिद ऐनविपरीत महँगो दरमा टेन्डर हाल्नेलाई दमकल खरिद अनुमति दिँदा कमिसनको ठूलो खेल भएको बताइन्छ । तर, त्यहाँ सबै आवश्यक मापदण्ड पु¥याएर न्यूनतम दरमा टेन्डर हाल्नेलाई नदिई महँगो दरमा हाल्ने महावीर श्री इन्टरनेसनल प्रालिलाई खरिद अनुमति दिइएको थियो । प्राधिकरणले गत आइतबार सो कम्पनीलाई खरिद आशयपत्र पनि दिइसकेको छ । तर, यसो गर्दा लाखौंको चलखेल भएको प्राधिकरण स्रोत बताउँछ । स्रोतका अनुसार धनगढी विमानस्थलका लागि आवश्यक दमकलको खरिदका लागि अनुमानित लागत १२ करोड थियो, तर त्यसमा ६२ लाख बढाइएको छ ।
दमकल खरिदमा ठूलै आर्थिक चलखेल भएको भन्दै अघिल्लो मंगलबार पर्यटन मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा छानबिनको माग गदै उजुरी पनि परेको छ । अख्तियारमा परेको उजुरीको दर्ता नं. १८०८५ रहेको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply