मन्त्री र सचिवको जातीय प्रेम !
काठमाडौैं । गृह मन्त्रालयका सचिव प्रेमकुमार राई प्रशासनिक वृत्तमा इमानदार भनेर चिनिन्छन् । तर, उनी गृह मन्त्रालयमा सरुवा भइसकेपछि भएका प्रहरीका सरुवाबढुवाले उनको छविमाथि नै प्रश्न उठ्न थालेको छ । मलेसिया वैदेशिक रोजगारीमा जानेहरूसँग चर्को शुल्क लिएर सिन्डिकेट कायम गर्ने बायोमेट्रिकका दोषीमध्येका देवान राईलाई छाड्न प्रहरीलाई दबाब दिएको घटनाबाट उनी विवादमा आइसकेका छन् । मेरिडियन नामक स्वास्थ्य संस्था ३९ बायोमेट्रिक स्वास्थ्य परीक्षण गर्नेमध्येको एक हो । उनीसहित बायोमेट्रिक स्वास्थ्यमार्फत मलेसिया जाने कामदारसँग ५ अर्बभन्दा बढी ठगी गर्ने २३ व्यवसायीलाई प्रहरीले पक्राउ गरेको थियो । त्यसमा देवान राई पनि परेका थिए । राई राष्ट्रपति विद्यादेवी भण्डारी संरक्षक रहेको रामप्रसाद राई प्रतिष्ठानको महासचिव हुन् । प्रतिष्ठानलाई यो वर्ष पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २ करोड ५० लाख बजेट पनि छुट्ट्याएको छ । तिनै राई ठगी अभियोगमा पक्राउ परेपछि गृहसचिव राईले २० हजार रूपैयाँ धरौटीमा छाड्न दबाब दिएको कुरा बाहिर आयो ।
प्रहरीका सरुवामा पनि सचिव राईले राई थर भएकालाई राम्रो ठाउँमा लान दबाब दिएको खुलेको छ । डीएसपी श्याम राईलाई महानगरीय प्रहरी वृत्त बौद्ध, इन्सपेक्टर राजकुमार राईलाई बूढानीलकण्ठ प्रभागको इन्चार्ज र रामकुमार राईलाई बेलबारी इलाका प्रहरी कार्यालयको इन्चार्जमा सरुवा गरेका छन् । राजकुमार राईले इन्सपेक्टर पास हुन एमाले नेता डीबी कार्कीलाई घुस दिएपछि उनको राजनीतिक जीवन नै चौपट भएको छ । उनले प्रहरीका सरुवा बढुवामा राई थरलाई विशेष जोडका साथ मौका दिनुपर्ने दबाब दिएका यी उदाहरण हुन् । गृहमन्त्री रामबहादुर थापाले मगर भएकै कारण ओम रानाजस्ता विवादितलाई कास्कीको प्रहरी प्रमुख र कृष्ण पल्ली मगरलाई ३२ नम्बरबाट १३ नम्बरमा एसपी बढुवा गरेका छन् । गृहमन्त्री मगर र सचिव राई हुँदा देखाएको यो जातीय प्रेम कर्मचारीबीच चर्चाको विषय बन्ने गरेको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply