सशस्त्रमा डीआईजी बन्न विवादितको दौड
काठमाडौं । सशस्त्र प्रहरीको रिक्त ६ जना डीआईजी बढुवाका लागि चलखेल सुरु भएको छ । विवादित र विभिन्न काण्डमा मुछिएका एसएसपीहरू बढुवाको दौडधुपमा अग्रस्थानमा छन् ।
पहिलो नम्बरमा बढुवा हुने दौडमा एसएसी नारायणदत्त पौडेल तीव्र ढंगले लागेका छन् । उनी पूर्व क्षेत्रमा बस्दा युवती काण्ड लागेर बदनाम भएका थिए । पूर्व क्षेत्रको प्रमुख पुष्पराम केसी भएका बेला उनलाई नसिहत दिएर कारबाही गरिएको थियो । उनी ककनीमा रहँदा रासनमा कमिसन काण्ड लागेको थियो । दौडमा रहेका अर्का एसएसपी सञ्जय राणाको त झन् बढुवा हुनै मिल्दैन । सशस्त्र प्रहरी नियमावलीमा एसएसपीभन्दा माथि बढुवा हुन स्नातक तह उत्तीर्ण हुनुपर्ने व्यवस्था छ । तर, राणाको शैक्षिक योग्यता आईए पास मात्र छ । उनलाई बढुवा गर्ने हो भने मन्त्रिपरिषद्बाटै विशेष निर्णय गर्नुपर्ने हुन्छ ।
यसैबीच, आईजी शैलेन्द्र खनालको ठेक्कापट्टा र उठ्तीपुठ्ती सजिलो होस् भनेर आफूनिकटलाई किचन क्याबिनेटमा ल्याएका छन् । उनी एसएसपी, डीआईजी हुँदादेखि सँगै बसेका लेखापाल गणेश लामालाई आईजी भएपछि पनि सँगै लगेका छन् । लामाको मुख्य काम भनेकै बाहिरका सबै ठेक्का र उठ्तीपुठ्ती मिलाउने रहेको बताइन्छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply