जिल्ला सभापति दाहिना नभएपछि पौडेल ‘ब्याक’
काठमाडौं । गत साता हेटांैडामा सम्पन्न नेपाली कांग्रेसको जिल्ला सभापति भेलामा रामचन्द्र पौडेल समूहको तयारी नेतृत्वलाई नांगेझार पार्ने थियो । बहुसंख्यक जिलला सभापतिहरू आफ्नै पकडमा रहेको मौका पाइदा उठाउँदै पार्टी सभापति शेरबहादुर देउवाको हुर्मत लिने यो समूहको तयारी थियो । तर, भेलामा त्यस्तो भएन । योजनाविपरीत जिल्ला सभापतिहरू प्रस्तुत भइदिएपछि पौडल समूह पनि नेतृत्व परिवर्तनको चर्का कुरा छाडेर पार्टीलाई एकताबद्ध बनाउने अभियानमा सँगसँगै हिँड्ने निष्कर्षमा पुगेको छ ।
गत निर्वाचनमा पार्टीको शर्मनाक हार हुनुमा सभापति देउवाको कार्यशैली प्रमुख कारण रहेको दोष देखाउँदै भेलाबाट नेतृत्व परिर्वतनको आवाज चर्को ढंगले उठाउने पौडेल समूहको योजना थियो । केन्द्रीय कमिटीमा बहुमत नभएकाले यो आवाज जिल्ला सभापति भेलामै उठाएर देउवालाई कर्नरमा पार्ने तयारी थियो । तर, जब भेला सुरु भयो, पौडेल समूहकै सभापतिहरू पनि भिन्न तरिकारले प्रस्तुत भइदिए । उनीहरूले जे भयो भइहाल्यो, अब गुटबन्दी, झगडा गर्ने बेला होइन । यसरी जाँदा पार्टी झन् कमजोर हुन्छ, त्यसैले एकताबद्ध भएर पार्टी संगठनहरूलाई पूर्णता दिएर जानुको विकल्प छैन भन्ने सुझाव दिए । आफ्नै भनिएकाहरूले सभापति देउवालाई नै सजिलो हुने गरी सुझाव दिएपछि पौडेल अँध्यारो मुख लगाएर बसेका थिए ।
सिंह र सिटैला श्रोता मात्रै
भेलामा पौडेल समूहकै नेता प्रकाशमान सिंह र देउवा समूह त्यागेर पछिल्लो समय पौडेल समूहमा छिरेका कृष्णप्रसाद सिटौला पनि अहिले पौडेलसँग असन्तुष्ट छन् । भेला सिंह र सिटौलालाई मञ्चमा बोलाउने त कुरै पर जाओस्, दुई शब्द बोल्न पनि दिइएको थिएन । केन्द्रीय कार्यसमितिका पदाधिकारी र जिल्ला सभापतिबाहेक कसैलाई बोल्न दिइएको थिएन । केन्द्रीय अरू सबै नेताको भूमिका श्रोताका रूपमा मात्र रहेको थियो । बोल्न नपाएपछि सिटौलाले बैठकस्थलमै पौडलसामु असन्तुष्टि व्यक्त गरेका थिए । ‘हामीले तपाईंलाई बोक्ने भनेको तपाईंलाई मात्र नेता बनाउनका लागि रहेछ, ठीक छ हामी तलै बसौंला’ भन्दै उनले घुमाउरो तरिकाले असन्तोष प्रकट गरेका थिए । भेलाले आफूहरूको योजनालाई सार्थक नबनाउने छनक पाएपछि पौडेल समूहका अधिकांश नेता अन्तिमसम्म नबसी हेटांैडाबाट हिँडेका थिए । निर्णय लेख्ने बेला पौडेल समूहका कोही नभएपछि देउवालाई पनि हाइसन्चो भएको थियो ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply