मुख्यमन्त्रीकै अगाडि यत्रो तामासा ?
काठमाडौं । प्रदेश नम्बर ३ मा नेपाल कम्युनिस्ट पार्टीकोे दुई तिहाइको सरकार छ । १ सय १० मध्ये ८१ सांसद नेकपाका छन् । समृद्धिको ढोका खोल्ने लक्ष्य लिएको यस्तो बेला यति बलियो सरकारले विपक्षीले समेत आलोचना गर्ने ठाउँ नदिने गरी काम गर्नुपर्ने हो । तर, विडम्बना सत्तारूढ दलभित्र तमासा सुरु भएको छ । सरकारको एकलकाँटे प्रवृत्तिका कारण नेकपाका सांसदहरू नै मुख्यमन्त्री र मन्त्रीहरूसँग रुष्ट बन्न पुगेको छन् ।
असार १५ र १६ गते प्रदेश राजधानी हेटांैडामा बसेको नेकपाको संसदीय दल बैठककै सांसदहरूले मुख्यमन्त्री र मन्त्रीहरूको खुलेर आलोचना गरे । विशेष गरी योजना तथा वित्तमन्त्री कैलाश ढुंगेलले पेस गरेको बजेटलाई लिएर सांसदहरूले आपत्ति जनाएका थिए । बजेट निर्माणको विधि, प्रक्रिया र पद्धतिप्रति उनीहरूको पहिलो असन्तुष्टि थियो । बजेट कसरी, कसले, कसको निर्देशन, कहाँबाट बन्यो, कसले योजना छनोट ग¥यो भन्ने विषय कसैलाई अत्तोपत्तो नभएको भन्दै सांसदहरूको दल बैठकमा जवाफ माग गरेका थिए । जवाफमा मुख्यमन्त्री तथा संसदीय दलका नेता डोरमणि पौडेलले बजेटबारे आफूलाई समेत केही थाहा नभएको भन्दै निरीह जवाफ दिएका थिए । रोजेर, खोजेर असाध्यै योग्य भनेर लगेको मान्छे हो तपाईं, तपाईंले यस्तो निरीह जवाफ दिने भन्दै सांसदहरूले पौडेलप्रति आक्रोशित भएका थिए ।
दोस्रो असन्तुष्टि बजेटको प्राविधिक पक्षप्रति थियो । बजेट सन्तुलित भएको भन्दै सांसदहरूले विरोध जनाएका थिए । मन्त्री र पहुँचवाला नेताको क्षेत्रमा बढी बजेट गएको, बजेटमा कर्मचारी हावी भएको जसका कारण गोष्ठी र सेमिनारका नाममा धेरै रकम विनियोजन भएको, सांसदको आफ्नै क्षेत्रमा परेका योजना पनि सांसदले भनेको भन्दा बाहिरबाट परेको भन्दै उनीहरूले विरोध जनाएका थिए । कतिसम्म भने चितवनमा एउटा शौचालय बनाउन ४० लाख रकम छुट्ट्याइएको भन्दै उनीहरूले बजेटको आलोचना गरेका थिए । स्रोतका अनुसार बजेट निर्माणमा योग्यता, क्षमताभन्दा पनि खास नेताको आशीर्वादबाट टिकट पाएर चुनाव जितेका दीपक निरौलाहरू हावी भएका थिए ।
तेस्रो असन्तुष्टि मन्त्री ढुंगेलको बोली र व्यवहारसँग सम्बन्धित थियो । बजेटका विषयमा उठेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री ढुंगेलले असंसदीय भाषाशैलीको प्रयोग गरेको भन्दै दल बैठकमा सांसदहरू खनिएका थिए । जवाफका क्रममा मन्त्री ढुंगेलले वक्ताहरूको नाम किटेर बोल्नेदेखि लिएर गोरा र कालाको उदाहरण दिने काम गरेका थिए । कतिसम्म भने पार्टीभित्र एउटै विचार समूहका भनिएका मुख्यमन्त्री पौडेल र मन्त्री ढुंगेलबीच नै राम्रो संवाद, समन्वय नभएको स्रोतले बतायो । संसदीय दलको बैठकमा सांसहरूले मन्त्री केशव स्थापितलाई बोल्नसमेत अवरोध गरेका थिए । बैठकमा मन्त्रीले बोल्ने कार्यक्रम नै थिएन । तर, स्थापितले आफूलाई बोल्न पाँच मिनेटको समय माग गरेका थिए । तर, उनलाई समय दिन नहुने भन्दै सांसदहरूले होहल्ला गरे पनि पछि बोल्न दिइएको थियो ।
सम्बन्धित समाचार
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
अर्बौं बजेट थन्कियो, काम सुस्त — प्रदेश सरकारमाथि प्रश्न
-
भ्रमण धेरै, परिणाम थोरै? कृषि मन्त्रालयको अन्तर्राष्ट्रिय सहभागितामाथि प्रश्नचिन्ह
-
नेपालको पहिलो आधुनिक सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी
-
ओली र लेखकमाथि अनुसन्धान जारी, प्रहरीद्वारा भ्रामक सूचना नफैलाउन आग्रह
Leave a Reply