एकताको कामलाई गति दिइँदै
काठमाडौं । नेपाल कम्युस्टि पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकताको कामलाई गति दिने भएका छन् । दुई साता सिंगापुरमा पत्नी सीताको स्वास्थ्य उपचार गराएर प्रचण्ड फर्किएलगत्तै एकताको कामलाई गति दिने गृहकार्य अघि बढेको हो । यसका लागि दुवै अध्यक्षले नियमित छलफलको शृंखला अघि बढाउने तयारी गरेका छन् । अध्यक्षद्वयकोे छलफलपछि स्थायी समिति बैठक बोलाउने नेकपाको तयारी छ । स्थायी समितिले सबै सदस्यको सुझाव लिएर पार्टीको नियमावली पारित गर्नेछ ।
तल्ला कमिटी प्रदेश र जिल्ला तथा जनसंगठनहरूको एकीकरणका लागि छुट्टाछुट्टै कार्यदल गठन भएको डेढ महिना बितिसकेको छ । यसबीचमा सबै कार्यदलले सम्बन्धित कमिटीहरूको बैठक राख्ने, कार्यदल तहमा छलफल गरेर सुझाव लिनेबाहेक एकताले आकार ग्रहण गर्ने गरी ठोस रूपमा काम अघि बढाइसकेका छैनन् । एकीकरण गर्दा तत्कालीन पार्टी कमिटी र अग्रजहरूको सुझाव र मनोविज्ञानलाई सम्बोधन गर्नुपर्ने भएकाले कार्यदलले एकीकृत कमिटीहरूको ठोस खाका तयार पार्न सकेका छैनन् । कार्यदलका सदस्यहरूले यही जटिलताका कारण विधान र नियमावली छिटो प्रकाशन गर्न तथा नेतृत्व तहबाटै कुनकुन कमिटी र जनसंगठनको नेतृत्व कसले कसरी लिने विषय टुंग्याउन दबाब दिइरहेका छन् । यस्ता विषयमाथि नै नटुंगिए तल विग्रह र असन्तुष्टि देखिन सक्ने खतराप्रति कार्यदलका सदस्यहरू सचेत देखिएका छन् । खासगरी तत्कालीन माओवादी केन्द्रका प्रदेश र जिल्ला मात्र होइन, जनसंगठनहरू पनि धेरै जम्बो रहेकाले कसरी छरितो एकीकृत कमिटी बनाउने समस्या देखिएको नेताहरू बताउँछन् । पार्टीको विधानमा प्रदेश, जिल्लासहित तल्ला कमिटीको संरचना सन्तुलित आकारको बनाउन प्रस्ताव गरिएको छ । तर, तत्कालीन माओवादी केन्द्रका कमिटीहरू धेरै ठूलो आकारको भएकै कारण विधान र नियमावली प्रकाशन नभएसम्म र अध्यक्षद्वयले नै धेरै विषय नटुंग्याएसम्म एकताको कामलाई गति दिने पक्षमा कार्यदलका नेताहरू छैनन् ।
उच्च स्रोतका अनुसार अध्यक्षद्वयले नै यी सबै कुरा टुंगो लगाएपछि मात्र सबै कार्यदलले एकीकृत कमिटी र जनसंगठनहरूको खाका तयार पार्नेछन् । नेतृत्व लिन इच्छुकहरूको दौडधुप बाक्लिएकाले नेताहरू पनि छिटो टुंग्याउने दबाबमा देखिएका छन् । सबै कार्यदललाई तीन महिनाभित्र एकताको काम सम्पन्न गरिसक्न यसअघि अध्यक्षद्वयले सर्कुलर गरेका थिए ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply