आचार्यले पारे रेलवे विभाग अस्तव्यस्त
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो चीन भ्रमणमा काठमाडौंसम्म रेलवे जोड्ने सम्झौता भइसक्दा पनि नेपाल सरकारअन्तर्गत रहेको रेलवे विभाग भने अस्तव्यवस्त भएर कुनै गृहकार्य नगरी बसेको छ । भारत र चीन दुवै देशबाट रेलमार्गमार्फत नेपाललाई जोडेर समृद्धि ल्याउने उद्घोष गरिरहँदा भौतिक योजना तथा निर्माण मन्त्रालयअन्तर्गतको एक मात्र सरकारी विभाग भने सुस्ताएर सरकारको स्प्रिटअनुसार प्रस्तुत हुन नसकेको भन्दै गुनासो बढेको छ ।
यसरी विभागप्रति गुनासो बढ्दै जानुमा विभागको नेतृत्वको नालायकीपन रहेको विभागकै कर्मचारीहरू बताउँछन् । अहिले विभागमा महानिर्देशकका रूपमा अनन्त आचार्य कार्यरत छन् । उनी हृदयेश त्रिपाठी, विजय गच्छदार, विमलेन्द्र निधिलगायत सबैलाई रिझाएर सिन्कोसमेत नभाँची त्यहाँ टिकिरहेको र विभाग स्थापना भएदेखि उनले नै सो विभाग एकछत्र हाँकिरहेको बताइन्छ । पहिले रेलवेको काम महाशाखाअन्तर्गत रहेका हृदयेश त्रिपाठी भौतिक योजना तथा निर्माणमन्त्री भएपछि आचार्यलाई नै महानिर्देशक बनाउने उद्देश्यले महाशाखालाई विभागमा रूपान्तरण गरिएको बताइन्छ । त्यसयता चार वर्षदेखि लगातार विभागमा रहेका आचार्यले प्रधानमन्त्रीको स्पिरिटअनुसार काम गर्न नसकेको र उल्टो विभिन्न सर्भे र टेन्डरको नाममा अर्बौं बजेट सकाएको आरोप लागेको छ ।
चार वर्षअघि विभागको नेतृत्वमा आएका उनले नेपालमा रेलवेसम्बन्धी कुनै योजना बनाउन नसकेको र उल्टो संस्थागत भ्रष्टाचारलाई मलजल गरेका कारण उनलाई हटाउनुपर्ने आवाज उठेको छ । तर, उनले आफ्नो थमौतीका लागि भौतिक योजना तथा निर्माणमन्त्री रघुवीर महासेठलाई भने भेटिसकेको स्रोतको दाबी छ । मन्त्री सकारात्मक भए सिधै प्रधानमन्त्रीले हस्तक्षेप गरेर भए पनि आचार्यलाई हटाउनुपर्ने भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयतिर चर्चा चल्न थालेको छ ।
त्यसो त आचार्य विवादास्पद कर्मचारीका रूपमा चिनिन्छन् । उनले २०७१ सालमा ८ अर्बको एक टेन्डरमा ठूलो घोटाला गरेको भन्दै उजुरी परेको थियो । उक्त टेन्डर आफ्नो मान्छेलाई दिइएको र गलत सर्भे गरेको भन्दै उनको विरुद्ध अख्तियारमा उजुरी परे पनि उनले सो उजुरी पैसाको चलखेल गरी मिलाउन सफल भएका थिए । तत्कालीन अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीसँग सेटिङ मिलाएर उन्मुक्ति पाएका आचार्यले पुनः रेलवेको क्षेत्रमा ठूलो बजेट आउने र लामो हात गर्न पाइने भन्दै नेता तथा मन्त्रीहरूको घरदौडाहा थालेको बुझिएको छ ।
त्यसो त अहिले पनि एउटा ३ अर्बको ठेक्कामा आचार्यले धेरै गुनासा सिर्जना गरेको बताइन्छ । कमिसनका लागि ठूलै खेलेमेलोमा लाग्ने आचार्यले विभागलाई चार वर्षसम्म अस्तव्यस्त बनाएकोमा अझै सोही विभागमा टिकेर राम्रो रकम कुम्ल्याउने दाउ पालेको उनीनिकट स्रोतले बतायो । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई भारत र चीनसँग रेलवेको माध्यमबाट जोड्ने सपना साँचेर काम सुरु गरेसँगै भविष्यमा त्यहाँबाट राम्रो आर्जन गर्न सकिने आशा लिएर सो नछोड्न आचार्यले दौडधुपमा लागेका हुन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply