सरकारको बचाउ गर्दा मन्त्री पद चट
काठमाडौं । सरकारको बचाउ गर्ने क्रममा मेडिकल शिक्षाबारे दिएको एक विवादास्पद अभिव्यक्तिका कारण कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङको मन्त्री पद नै चट भएको छ । उनको अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा व्यापक विरोध भएपछि नैतिकता प्रदर्शन गर्दै मन्त्री तामाङले राजीनामा गरेका हुन् ।
डा. गोविन्द केसी प्रकरणमा प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारका २४ जना मन्त्रीमध्ये सबैभन्दा बढी सरकारको बचाउ गर्ने नै मन्त्री तामाङ थिए । गोविन्द केसी प्रकरणमा सरकारमाथि चौतर्फी हमला भएपछि त्यसको बचाउ गर्ने क्रममा स्वच्छ र निष्कलंक छविका मन्त्री तामाङले नेपालमा मेडिकल कलेजको औचित्य अझै नसकिएको दलिल पेस गरेका थिए । सो क्रममा उनले बंगलादेश पढ्न जाने महिलामाथि यौन दुव्र्यवहारसमेत हुने गरेको बताएका थिए । उनको यो अभिव्यक्ति स्वयं उनकै लागि गलपासो बन्न पुगेको हो । मन्त्रीको यो अभिव्यक्तिलाई लिएर नेपालका लागि बंगलादेशका राजदूतले पनि नेकपाका शीर्ष नेताहरूसँग चासो राखेका थिए । यसअघि यही सरकारका अरू मन्त्री मन्त्रीका योभन्दा ठूला र संवेदनशील भ्रष्टाचार र गैरजिम्मेवार अभिव्यक्ति सार्वजनिक हुँदा पनि त्यसमाथि एक्सन नलिएकोमा मन्त्री तामाङलाई भने राजीनामा गर्न आग्रह गरिएको थियो । नेकपाका नेताहरू र प्रधानमन्त्रीसमेतको आग्रहमा उनले राजीनामा दिएको बुझिएको छ ।
सम्बन्धित समाचार
- आज तीन मन्त्रीले शपथ लिँदै
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- एमालेले पुस ८ गते पत्रकार सम्मेलन गर्ने
- भारतमा ९२ सांसद निलम्बित
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
- एमालेको ‘संकल्प यात्रा’ आज पोखरा पुग्ने
- सुर्खेतमा आज एमालेको जनसभा
- ‘मंसिर ३० मा समानान्तर सरकार, फागुन १ मा गणतन्त्र फाल्छौं’ ः दुर्गा प्रसाई
Leave a Reply