सरकारको बचाउ गर्दा मन्त्री पद चट
काठमाडौं । सरकारको बचाउ गर्ने क्रममा मेडिकल शिक्षाबारे दिएको एक विवादास्पद अभिव्यक्तिका कारण कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङको मन्त्री पद नै चट भएको छ । उनको अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा व्यापक विरोध भएपछि नैतिकता प्रदर्शन गर्दै मन्त्री तामाङले राजीनामा गरेका हुन् ।
डा. गोविन्द केसी प्रकरणमा प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारका २४ जना मन्त्रीमध्ये सबैभन्दा बढी सरकारको बचाउ गर्ने नै मन्त्री तामाङ थिए । गोविन्द केसी प्रकरणमा सरकारमाथि चौतर्फी हमला भएपछि त्यसको बचाउ गर्ने क्रममा स्वच्छ र निष्कलंक छविका मन्त्री तामाङले नेपालमा मेडिकल कलेजको औचित्य अझै नसकिएको दलिल पेस गरेका थिए । सो क्रममा उनले बंगलादेश पढ्न जाने महिलामाथि यौन दुव्र्यवहारसमेत हुने गरेको बताएका थिए । उनको यो अभिव्यक्ति स्वयं उनकै लागि गलपासो बन्न पुगेको हो । मन्त्रीको यो अभिव्यक्तिलाई लिएर नेपालका लागि बंगलादेशका राजदूतले पनि नेकपाका शीर्ष नेताहरूसँग चासो राखेका थिए । यसअघि यही सरकारका अरू मन्त्री मन्त्रीका योभन्दा ठूला र संवेदनशील भ्रष्टाचार र गैरजिम्मेवार अभिव्यक्ति सार्वजनिक हुँदा पनि त्यसमाथि एक्सन नलिएकोमा मन्त्री तामाङलाई भने राजीनामा गर्न आग्रह गरिएको थियो । नेकपाका नेताहरू र प्रधानमन्त्रीसमेतको आग्रहमा उनले राजीनामा दिएको बुझिएको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply