अध्यक्ष बन्न आनाकानी
काठमाडौं । ऋण र घाटाबाट अझै उक्सिन नसकेको साझा प्रकाशनमा अहिले अध्यक्ष बन्न चाहनेहरूको खोजी भइरहेको छ । महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले महाप्रबन्धकका साथै अध्यक्षसमेत बन्न विभिन्न शक्तिकेन्द्रहरूमा धाएर तीव्र रूपमा लबिइङ गरिरहे पनि उनीबाहेकका मानिसको खोजी भइरहेको छ ।
डुब्दो अवस्थामा रहेको सो प्रकाशनमा अध्यक्ष बन्न जानु छट्टु स्वभावका महाप्रबन्धक शर्मासँग सिँगौरी खेल्न मात्र जानु हो भन्ने बुझेपछि इच्छा हुनेहरूले पनि मन मार्दै गएको बताइन्छ । तर, शिक्षा तथा विज्ञान प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले भने संकटमा परेको साझालाई उठाउन सक्ने पात्रहरूको खोजी भने जारी नै राखेको बताइन्छ । मन्त्री पोखरेलले आफूनिकटका व्यक्तिहरूलाई साझाको अध्यक्ष बनाउने सम्भावना रहेको पनि बताइन्छ । सोही क्रममा मन्त्री पोखरेलनिकटका मानिसहरूले प्राज्ञ मातृका पोखरेललाई प्रस्ताव राखेको बुझिएको छ । पूर्वएकता केन्द्र निकट मानिने पोखरेल मन्त्री पोखरेलसँग नजिक रहेको हुँदा पनि उनलाई प्रस्ताव गरिएको बताइन्छ ।
यसैगरी, अध्यक्ष बन्नका लागि वर्तमान सञ्चालक समिति सदस्य हरिहर खनालले पनि चासो दिइरहेको बुझिएको छ । खनालले अध्यक्ष बन्न लबिइङ नगरिरहे पनि उनको इच्छा भने रहेको बताइन्छ । तर, खनाललाई अध्यक्ष बनाउँदा साझाले गति लिन नसक्ने र महाप्रबन्धक शर्माले उनलाई घुमाउन सक्ने सम्भावना रहेको हुँदा इच्छा गरे पनि खनालको सम्भावना कम रहेको देखिएको छ । त्यस्तै, साझालाई हाँक्न संस्थालाई बुझेको मान्छेको खोजी भइरहेको हुँदा पूर्वसञ्चालक हरिगोविन्द लुइँटेलको नाम पनि आएको छ । पूर्वअध्यक्ष ममता झाको पालामा लुइँटेलले सञ्चालक समितिमा रहेर काम गरेका थिए ।
यसैबीच, अवकाश पाएका साझाका कर्मचारीहरू महाप्रबन्धक शर्माविरुद्ध खनिएका छन् । अवकाश पाएका कर्मचारीहरूले तलब र उपदानबापत पाउने लाखौं रुपैयाँ नपाएपछि उनीहरू महाप्रबन्धकको राजीनामा माग्दै आन्दोलित भएका हुन् । महाप्रबन्धक शर्माले घाटामा गएको साझालाई बचाउने भन्दै अवकाश लिन चाहने कर्मचारीहरूलाई आकर्षक अवकाश योजना ल्याएका थिए । तर, अवकाश पाएको लामो समय बितिसक्दा पनि कर्मचारीहरूले तलब र उपदानस्वरूप पाउनुपर्ने रकम पाइरहेका छैनन् ।
केही दिनअघि, महाप्रबन्धक शर्माले आफ्नो कृति ‘बादलभित्रको घाम’ विमोचन गर्दा अवकाशप्राप्त साझाका कर्मचारीहरूले अवरोध पु¥याउने डरले प्रहरी सुरक्षाबीच कार्यक्रम गरेका थिए । नयाँ बानेश्वरको हिरा पार्टी प्यालेसमा भएको विमोचनको बेला गौशाला प्रहरी वृत्तका डीएसपीको नेतृत्वले उनको कार्यक्रमलाई सुरक्षा दिएको थियो । कार्यक्रम हुनुअघि साझाका अवकाशप्राप्त कर्मचारीहरूले कार्यक्रमस्थलमै आएर भण्डाफोर गर्ने बताएपछि उनले प्रहरी सुरक्षा घेराबीच कार्यक्रम गरेका थिए ।
सम्बन्धित समाचार
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
अर्बौं बजेट थन्कियो, काम सुस्त — प्रदेश सरकारमाथि प्रश्न
-
भ्रमण धेरै, परिणाम थोरै? कृषि मन्त्रालयको अन्तर्राष्ट्रिय सहभागितामाथि प्रश्नचिन्ह
-
नेपालको पहिलो आधुनिक सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी
-
ओली र लेखकमाथि अनुसन्धान जारी, प्रहरीद्वारा भ्रामक सूचना नफैलाउन आग्रह
Leave a Reply