नेकपाको बैठक अनिश्चित
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले तल्ला कमिटी र जनसंगठनहरूको एकीकरण टुंगो लगाउन आगामी १८ र १९ गते बोलाएको स्थायी समिति बैठक दोस्रोपटक पनि अनिश्चित देखिएको छ ।
पार्टी विधानमा तीन महिनामा एकपटक स्थायी समिति बैठक बस्ने व्यवस्था छ । यसरी लामो अवधि राखेर स्थायी समितिको भूमिका खुम्च्याइएको भन्दै कतिपय सदस्य असन्तुष्ट छन् । यसअघि बोलाइएको स्थायी समिति बैठकमा यस्तै असन्तुष्टि पोखिन थालेपछि बैठक बीचैमा स्थगित भएको थियो । तर, ८ र ९ भदौका लागि बोलाइएको बैठक पनि १८ र १९ गतेका लागि सारियो । यसरी दोस्रोपटक सारिएको बैठक पनि अध्यक्ष प्रचण्ड नै स्वदेशमा नहुने सम्भावना देखिएकाले पुनः अनिश्चित बनेको छ ।
अध्यक्ष दाहाल १७ गते भारतको गुजरातमा आयोजित एक कार्यक्रममा सहभागी हुन त्यसतर्फ प्रस्थान गर्न लागेकाले पुनः दोस्रोपटक बैठक अनिश्चित बनेको हो । स्थायी समितिका लागि केन्द्रीय सचिवालयले यसअघि नै तय गरेको सरकारको कामको समीक्षामा पनि अहिलेसम्म छलफल भएको छैन । पार्टी एकीकरण नै टुंगो नलागेकाले सरकारको कामको एजेन्डा झन् ओझेलमा परेको छ । कतिपय नेताहरूले हाई कमान्डका नाममा स्थायी समितिलाई पंगु बनाउन खोजिएको टिप्पणी गर्न थालेका छन् ।
एकीकरणका लागि गठित कार्यदलहरूमध्ये अहिलेसम्म प्रदेश नम्बर ३, ४, ५, ६ र ७ ले मात्र प्रतिवेदन बुझाएका छन् । तर, प्रदेश नम्बर ५ को प्रतिवेदन विवादित बनेको छ भने ६ नम्बर प्रदेशको प्रतिवेदन अझै अपुरो रहेको बताइएको छ । उता, १ र २ नम्बर प्रदेशले भने अझै बाँडफाँट टुंग्याउन सकेका छैनन् । बिमस्टेक सम्मेलन सुरु भएकाले केन्द्रीय सचिवालयले पनि एकीकरणबारे थप गृहकार्य गर्न नभ्याएकाले अझ लम्बिने खतरा देखिएको छ ।
सम्बन्धित समाचार
- आज तीन मन्त्रीले शपथ लिँदै
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- एमालेले पुस ८ गते पत्रकार सम्मेलन गर्ने
- भारतमा ९२ सांसद निलम्बित
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
- एमालेको ‘संकल्प यात्रा’ आज पोखरा पुग्ने
- सुर्खेतमा आज एमालेको जनसभा
- ‘मंसिर ३० मा समानान्तर सरकार, फागुन १ मा गणतन्त्र फाल्छौं’ ः दुर्गा प्रसाई
Leave a Reply