नेतृत्वका लागि नेताका घर धाउँदै ठेकेदार
काठमाडौं । मुलुकमा आबद्ध ठेकेदारहरूको संगठन नेपाल निर्माण व्यवसायी महासंघको २०औं अधिवेशन आउन करिब २५ दिन बाँकी हुँदा आगामी नेतृत्व हत्याउन दौडधुप चलेको छ ।
आगामी असोज ५ र ६ गतेका लागि निर्माण व्यवसायीहरूको अधिवेशन निश्चित गरिएसँगै ठेकेदारका नेताहरू पार्टीको आधिकारिक लाइनमा पर्न र नेताको आशीर्वाद लिई चुनाव जित्न कम्मर कसेर लागेका हुन् । तर, घोषित मितिभन्दा एक हप्ता पर अधिवेशन सर्न सक्ने सम्भावना औंल्याइएको छ । महासंघको अध्यक्ष हुन मकवानपुरबाट कांग्रेसको राजनीति गरेर असफल भएपछि राजनीति गर्ने प्लेटफर्म खोज्दै पुनः निवर्तमान अध्यक्ष जयराम लामिछानेले रहर गरेको बुझिएको छ । त्यस्तै, महासंघकै पूर्वअध्यक्ष यक्षध्वज कार्कीले पनि रहर गरेको थाहा भएको छ ।
कार्की अहिले महासंघका सल्लाहकार हुन् । यसैगरी, अध्यक्षको रहर पाल्नेहरूमा हुमानाथ कोइराला, हालका अध्यक्ष विष्णुभाइ श्रेष्ठ, हालका महासचिव रामशरण देउजा, टंक चौलागार्इंलगायत रहेका छन् ।
उनीहरूमध्ये लामिछानेले भने महासंघको नेतृत्व पुनः हत्याउन भित्री तयारीसमेत थालेको र एकदुईवटा बैठकसमेत गरिसकेको थाहा भएको छ । लामिछाने स्वच्छन्द निर्माण सेवा प्रालिका प्रबन्ध निर्देशक हुन् । यता, पूर्वअध्यक्ष शकुन्तललाल हिराचनले पनि अध्यक्षमा नजर लगाएको बताइएको छ । उनी युनाइटेड विल्डर्सका प्रमुख हुन् । मुलुकमा अर्बांैका कारोबार र ठेक्का गर्ने सीमित व्यवसायीहरूकै बोलवाला हुने महासंघलाई प्रतिष्ठाका रूपमा लिइने हुनाले हरेक चुनावहरूमा करोडौंको आर्थिक चलखेलसमेत हुँदै आएको छ ।
उनले पार्टीले आधिकारीक रूपमा टिकट दियो भने जितेर देखाइदिने भन्दै शेरबहादुर देउवादेखि शशांक कोइरालालगायत नेताहरूको घर धाउने तयारी थालिएको बुझिएको छ । यस्तै, पूर्वएमालेनिकट कार्कीले भने नेकपाका नेताहरूको भेटघाटलाई तीव्रता दिएका छन् । यसअघि विविध कारणले सर्दै आएको महाधिवेशन यसपटक जसरी पनि निर्धारित समयमै आयोजना गरिने बताइएको छ । त्यस्तै, अध्यक्षपछिको महŒवपूर्ण महासचिव पदका लागि वर्तमान कोषाध्यक्ष रोशन दाहालले तयारी अगाडि बढाएका छन् । उनीलगायत अन्य तीन जना पनि महासचिव पदको रेसमा रहेको बताइएको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply