नार्कमा विवादास्पद महतोकै ढलीमली
काठमाडौं । कायममुकायमको अवधि सकिए पनि नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को कार्यकारी–निर्देशक डा. वैद्यनाथ महतोले अझै जिम्मेवारी सम्हालिरहेका छन् । कायममुकायमको अवधि सकिएको एक महिना पुग्न लागे पनि उनले अझै सोही हैसियतमा रहेर काम गरिरहेका छन् ।
विवादास्पद छविका कार्यकारी–निर्देशक डा. महतोको कायममुकायमको अवधि गएको साउन २६ गते नै सकिएको हो । कुनै पनि कर्मचारीलाई ६ महिनाभन्दा बढी कायममुकायम तोक्न मिल्दैन । तर, डा. महतोले कायममुकायम पाएको ६ महिना बितेको करिब एक महिना हुनै लाग्दा पनि उनले सोही हैसियतमा रहेर काम गरिरहेका हुँदा सबै जना चकित परेका छन् । नार्कका एक कर्मचारीले भने, ‘डा. महतो कानुनी हिसाबले अहिले कामु हो कि निमित्त हो, हामीले केही थाहा पाउन सकेका छैनौं ।’ सूत्रका अनुसार कामुको जिम्मेवारी सकिए पनि उनलाई निमित्त भनेर पनि तोकिएको छैन । त्यही कारण नार्कका कर्मचारीहरू डा. महतोको हैसियतलाई लिएर अन्योलमा परेका छन् ।
यसअघि विदेश भ्रमणको विषयलाई लिएर पनि डा. महतो विवादमा तानिएका थिए । मोरक्कोमा भएको एक कार्यक्रममा भाग लिन जाने क्रममा कृषि तथा पशुपन्छी मन्त्रालयले उनलाई भ्रमण अनुमति नदिएपछि व्यक्तिगत हिसाबले सो कार्यक्रममा उनी सहभागी भएका थिए । मन्त्रालयले विदेश भ्रमणका लागि अनुमति नदिएपछि बिदा लिएरै भए पनि उनी मोरक्कोको भ्रमणमा गएका थिए । बिदा लिएर मोरक्को गएको विषयमा उनीसँग प्रधानमन्त्री कार्यालयले स्पष्टीकरण सोधे पनि उनले चित्तबुझ्दो जवाफ दिन सकेका थिएनन् ।
डा. महतोको कामुको अवधि सकिएसँगै नार्कको कामु कार्यकारी–निर्देशक बन्न अहिले केही मुख्य वैज्ञानिकहरू लागिपरेका छन् । सत्तारूढ नेकपासँग नजिक रहेका चार जना मुख्य वैज्ञानिकहरूले कामुका लागि लबिङ गरिरहेको बुझिएको छ । ती चार मुख्य वैज्ञानिकहरूमा हरिकृष्ण उप्रेती, डा. दीपक भण्डारी, ताराबहादुर घिमिरे र मेघराज तिवारी रहेका छन् । डा. महतोलाई तत्काल कामुबाट हटाएर ती चारजनामध्ये वरिष्ठतमलाई कामु दिइनुपर्ने कुरा नार्कका कर्मचारी संगठनहरूले पनि उठाइरहेका छन् ।
यसैबीच, मुलुक प्रादेशिक संरचनामा गइसकेको हुँदा परिवर्तित सन्दर्भमा नार्कको पुनःसंरचना हुनुपर्ने कुरा उठेको छ । कृषि तथा पशुपन्छी मन्त्री चक्रपाणि खनालले पनि केही दिनअघि मन्त्रालयका सचिव र कर्मचारीहरूलाई दिएको २४ बुँदे निर्देशनमा पनि नार्कको पुनःसंरचनाको कुरा परेको छ । केही दिनअघि कास्कीको लुम्लेमा सम्पन्न नार्कको एक कार्यक्रममा पनि नार्कको पुनःसंरचना गर्न एउटा कमिटी गठन गरिने कुरा उठेको थियो ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply