रक्षामन्त्रीका कारण सेना विवादमा
काठमाडौं । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलका कारण नेपाली सेना विवादमा तानिएको छ । भारतको पुणेमा आयोजित संयुक्त सैन्य अभ्यासमा नेपाली सेनालाई पठाउने रक्षामन्त्री पोखरेलको निर्णय प्रधानमन्त्री केपी शर्मा ओलीले खारेज गरिदिएपछि उत्पन्न विवादले एकातिर नेपाली सेना विवादको केन्द्रमा तानिएको छ भने अर्कातिर यो घटनाले नेपालको अपरिपक्व कूटनीतिलाई दर्साएको छ ।
दुई हप्ताअघि नेपालमै सम्पन्न बिम्स्टेक बैठकमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त सैन्य अभ्यासबारे बोलेपछि बिम्स्टेक सैन्य अभ्यासबारे बोल्ने फोरम होइन भन्दै निकै आलोचना भएको थियो । पुणेको सैन्य अभ्यासभित्र चीन र पाकिस्तानलाई ‘देखाइदिने’ नियत लुकेको भन्दै टिप्पणी गरिएको थियो । यद्यपि, त्यहाँ सैन्य अभ्यास गर्ने निर्णय बिमस्टेक बैठकले गरेको थिएन ।
पुणेको संयुक्त सैन्य अभ्यासमा नेपाली सेना जाने निर्णय भएको कुरा बाहिर आएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले यो निर्णय कहाँ, कसले गराएको भन्ने खोजी गरेका थिए । यस्ता कार्यक्रमहरूमा मान्छे पठाउँदा उपसचिवसम्मका लागि सचिवले, सहसचिवका लागि मन्त्रीले र विशिष्ट श्रेणीका लागि मन्त्रिपरिषद्ले निर्णय गर्नुपर्छ । तर, विशिष्ट श्रेणीको प्रधानसेनापतिले नै नेतृत्व गर्ने गरी सेनाले तयारी गरेको थाहा पाएपछि प्रधानमन्त्रीले यसमा चासो राखेका थिए ।
स्रोतका अनुसार खोज्दै जाँदा यस्तो केटौलो काम रक्षामन्त्री पोखरेलबाट भएको रहेछ । कही निर्णय नभईकनै रक्षामन्त्री पोखरेलले पहिल्यै तीन जनाको एड्भान्स टिम पठाइसकेका थिए । प्रधानसेनापतिको निर्णय मन्त्रिपरिषद्ले गर्नुपर्ने भएका कारण मात्रै औपचारिक निर्णय हुन बाँकी थियो । ‘यता म प्रधानसेनापतिबारे निर्णय गराउँछु, तपाईंहरू जाँदै गर्नुस्’ भनेर पोखरेलले पठाएपछि ती सैनिक भारत पुगेका थिए ।
कतै निर्णय नभईकन सैन्य अभ्यासमा टोली पठाउने कुराले विवाद निम्त्याएपछि प्रधानमन्त्री ओली आफैंले यसलाई खारेज गरिदिएका थिए । बाहिरबाहिर आफू निकटस्थहरूसँग प्रधानमन्त्रीलाई भारतपरस्तका रूपमा चित्रित गर्दै केपी ओलीको विगत तपाईंहरूले जान्नुभएकै त छ भन्दै उडाउने पोखरेल स्वयंचाहिँ भारतसँग निकट हुन निरन्तर प्रयासरत रहेको रूपमा यस घटनालाई लिइएको छ । रक्षामन्त्री पोखरेलको कार्यशैलीबाट प्रधानमन्त्री दिक्क भएको बताइन्छ । विगतमा डा. युवराज खतिवडा अर्थमन्त्री बनाएपछि पोखरेलले आफूलाई भारतले अर्थमन्त्री बन्न नदिएको भन्दै प्रचार गराएका थिए ।
सैन्य अभ्यासमा भाग लिने÷नलिने भन्ने कुराको विवाद ठूलो होइन, तर आज जाने निर्णय गर्ने १० दिन बितेपछि त्यो निर्णय खारेज गर्ने र अनावश्यक ढंगले छिमेकी चिढ्याउने यो शैलीले कूटनीतिक क्षेत्रमा नेपालको छविलाई कस्तो हालतमा पु¥याउला ? योचाहिँ गम्भीर प्रश्न बनेको छ । र, यसले रक्षामन्त्री पोखरेलमाथि नैतिक प्रश्न पनि खडा भएको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply