तक्माका नाममा व्यापार
काठमाडौं । देश र जनताको सेवामा उत्कृष्ट काम गरेबापत राज्यले प्रदान गर्ने पदकमा समेत व्यापार हुन थालेको छ । अघिल्लो वर्ष तत्कालीन नेपाली कांग्रेस नेतृत्वको सरकारले विवादित व्यक्तिलाई तक्माका लागि सिफारिस गरेको भनेर सर्वत्र आलोचना भइरहेको बेला वर्तमान सरकारले असोज ३ गते संविधान दिवसका अवसरमा पदकका लागि गरेको सिफारिस झन् आलोचित बनेको छ । राष्ट्रपतिसमक्ष पदक सिफारिसमका लागि सरकारले उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा समिति गठन गरेको थियो । कतिसम्म भने समिति संयोजक पोखरेलले आफैंले व्यापारीहरूलाई फोन गरेर तक्मामा व्यापार गरेको रहस्य पत्ता लागेको छ ।
पोखरेलले एक जना मारवाडी व्यापारीलाई फोन गरेर तक्माका नाममा नक्कली र वनावटी कुरा गरेका थिए । फोनमा ती व्यापारीलाई पोखरेलले भनेका थिए, ‘हेर्नुस् न मैले तपाईंको नाम राखेको थिएँ, प्रधानमन्त्रीको तपार्इंसँग के रहेछ कुन्नि, म उहाँलाई चिन्छु, उहाँलाई पर्दैन भनेर मेरै अगाडि रातो कलमले नाम काटिदिनुभयो, यस्तो पनि हुन्छ ।’ जबकि ती व्यापारीको नाम उनले सिफारिस नै नगरेको सरकारी उच्च स्रोतले बतायो ।
उपप्रधानमन्त्री पोखरेलको बनावटी कुराको अर्को पनि उदाहरण छ । उनले जनआस्था सम्पादक किशोर श्रेष्ठलाई पनि फोन गरेर गरेको यस्तै नक्कली कुराको पर्दाफास प्रधानमन्त्रीबाटै भएको थियो । पोखरेलले सम्पादक श्रेष्ठलाई फोन गरेर ‘मैले तपाईंको नाम राखेको थिए, हेर्नुस् न प्रधानमन्त्रीले मेरै अगाडि रातो मसीले काटे भने ।’ तर, संविधान दिवसका अवसरमा राष्ट्रपतिले आयोजना गरेको रात्रिभोजमा ५÷६ जना मान्छेकै सामुन्ने प्रधानमन्त्री केपी शर्मा ओलीले श्रेष्ठलाई भेटेरै सो कुराको खण्डन गरे । प्रधानमन्त्रीले ‘तपाईंको नाम आएको छैन है, मैले काटेको छैन’ भने । त्यसपछि श्रेष्ठले आफ्नो फेसबुकमा स्टाटस नै लेखे । स्टाटसमा उनले लेखेका छन्– ‘… यसपालि पनि विभूषण समितिको निर्णयमाथि प्रेस काउन्सिल अध्यक्षको हकमा राति कैंची चल्दा मन दुख्यो एकैछिन तर यतिकै भरमा ऊर्जा मर्नेछैन ! हिजो साँझ राष्ट्रिय तथा संविधान दिवसको अवसर पारी सम्माननीय रास्ट्रपतिज्यूले आयोजना गर्नुभएको स्वागत समारोहमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, राअवि प्रमुख, परराष्ट्र प्रवक्ता, अख्तियार, लोकसेवा आयोग प्रमुख र ग्लोबल बैंक अध्यक्ष बसिरहेको टेबलछेउ आई सम्माननीय प्रधानमन्त्रीज्यूले मलाई दोहो¥याएर भन्नुभयो, ‘मैले तपाईंको नाम काटेको होइन है, भ्रम नरहोस् ! यति भएपछि अरू के चाहियो !…’
तक्कमाका नाममा कतिसम्म व्यापार भएको छ भन्ने कुराको अर्को दृष्टान्त मन्त्रिपरिषद् बैठकमा स्वयं उपप्रधानमन्त्री पोखरेलले उजागर गरे । बैठकमा जनवादी गायक रामेशलाई तक्मा दिऔं भन्दै एक मन्त्रीले नाम प्रस्ताव गरे । तर, पोखरेलले उनी आफूलाई भेट्न नआएकाले दिन नहुने दलिल पेस गरे । उनले भने, ‘होइन, उहाँले लिनुहुन्न । मैले बोलाएको थिएँ, आउनुभएन ।’ रामेश जत्तिका गायकले कसैको गुलामी गरेर भेटीभेटी किन तक्मा लिन्थे ? त्यसपछि फेरि अर्का एक मन्त्रीले अर्का गायक जीवन शर्माको नाम पेस गरे । त्यसपछि पोखरेलले म उहाँसँग कुरा गर्छु भने । बैठकलले उनको नाम निर्णय ग¥यो तर राष्ट्रपतिको पठाइएको सिफारिसमा नाम काटिएको थियो ।
उनले आफूनिकटकालाई र चाहेकालाई भने तक्माका लागि सिफारिस गरेका छन् । मन्त्रालयबाट सिफारिस नगएकालाई पनि उनले धमाधम थपेर सिफारिस गरेको बुझिएको छ । दिएकालाई पनि वरिष्ठलाई तल, कनिष्ठलाई माथि पारेर मानमर्दन गरिएको छ ।
सम्बन्धित समाचार
- आज तीन मन्त्रीले शपथ लिँदै
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- एमालेले पुस ८ गते पत्रकार सम्मेलन गर्ने
- भारतमा ९२ सांसद निलम्बित
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
- एमालेको ‘संकल्प यात्रा’ आज पोखरा पुग्ने
- सुर्खेतमा आज एमालेको जनसभा
- ‘मंसिर ३० मा समानान्तर सरकार, फागुन १ मा गणतन्त्र फाल्छौं’ ः दुर्गा प्रसाई
Leave a Reply