पेल्नेमा प्रचण्डचाहिँ के कम ?
काठमाडौं । सचिवालयकै कतिपय नेता विदेश गएको मौका पारेर प्रदेशका इन्चार्ज, सहइन्जार्च, अध्यक्ष र सचिवको जिम्मेवारी तोक्ने सचिवालय बैठकको निर्णयलाई लिएर नेकपाभित्र अहिले असन्तुष्टि बढेको छ । दुई ठूला कम्युनिस्ट पार्टीबीच एकता भएको र त्यो एकताले पूर्णता लिन बाँकी रहेकै अवस्थामा सहतमा आएको यो असन्तुष्टिलाई लिएर कार्यकर्ता पंक्तिमा पनि निराशा छाएको छ ।
खासगरी तत्कालीन नेकपा एमाले समूहभित्रको वरिष्ठ नेता माधवकुमार नेपाल समूहलाई कत्लेआम गर्ने गरी नेता नेपाल विदेशमा भएको मौका पारेर गरिएको प्रदेशको जिम्मेवारीको विवाद सतहमा आए पनि यो रोगबाट तत्कालीन माओवादी केन्द्र समूह पनि मुक्त छैन । एकताका नाममा अध्यक्ष पुष्पकमल दाहालले आफ्नो वरिपरि नआएकै र चाकडी नगरेकै कारण वरिष्ठ नेताहरूको राजनीति नै सिध्याएको भन्दै त्यहाँभित्र पनि भुसको आगो सल्किएको छ ।
कतिसम्म भने दाहालले माथिदेखि एरिया कमिटीसम्म आफूसँग अलिकति दूरी राख्ने नेताहरूलाई सिध्याएको बताइन्छ । यसको एउटा सानो उदाहरण सिन्धुपाल्चोकका रामचन्द्र शर्मा ‘विज्ञान’माथि गरिएको राजनीतिक ‘किल’लाई लिने गरिएको छ । शर्मा युवापुस्ताका नेताहरूमध्ये प्रतिभाशाली मानिन्छन् । माओवादीको भ्रातृ संगठन वाईसीएलका तत्कालीन अध्यक्ष गणेशमान पुन मन्त्री भएपछि सो संगठनको शर्मा अध्यक्षसमेत भएका थिए । त्योबेला रामप्रसाद सापकोटा उपत्यका ब्युरो इज्चार्ज मात्र थिए भने युवराज दुलाल झन् तल थिए । तर, अहिले सापकोटा र दुलाल पार्टी एकतापछि केन्द्रीय सदस्य भए भने दुलाललाई त प्रदेशको मन्त्री नै बनाए । तर, नारायणकाजी श्रेष्ठसँग पार्टी एकता गर्दा केन्द्रीय सदस्य बनाइएका शर्मा यो एकतापछि केन्द्रीय कमिटीमा अटाएनन् । यसको एउटै कारण बिहानबेलुकी अध्यक्ष दाहालको परिक्रममा नगर्नु रहेको बताइन्छ ।
त्यति मात्र होइन, आफ्ना परिवारका सदस्यलाई माथि ल्याउन अध्यक्ष दाहालले गरेको त्याग देखेर पूर्वमाओवादी जिब्रो टोक्दै आश्चर्य व्यक्त गर्न थालेका छन् । प्रदेशको जिम्मेवारी बाँडफाँटमा दाहालले तीन नम्बर प्रदेशकको अध्यक्ष भाइ नारायण दाहाललाई बनाए । यहाँ इन्चार्ज दाबी गर्दा एकातिर अष्टलक्ष्मी शाक्यको व्यक्तित्वका अगाडि त्यो दाबी आफैं खुकुलो हुने, अर्कातिर अग्नि समपकोटा, हरिबोल गजुरेल जस्ता नेताहरूको पनि स्वाभाविक दाबी हुने देखेपछि उनले भाइका लागि अध्यक्ष लिएको बताइन्छ । सापकोटा जनयुद्ध सुरु गर्दाताका २०५२ कै माओवादीको केन्द्रीय सदस्य हुन् । तर, उनीभन्दा निकै जुनियर भाइ नारायणलाई प्रदेशको अध्यक्ष बनाएपछि सापकोटा पनि खुसी नभएको स्रोतको दाबी छ । यी त दुइटा उदाहरण मात्र हुन् । यो स्थिति केन्द्रदेखि लिएर एरिया कमिटीसम्म रहेको पूर्वमाओवादी केन्द्रका एक नेताले बताए । ती नेताले भने, ‘पार्टीभित्रको गुट संघर्षमा पेल्ने क्रम पूर्वएमालेभित्रभन्दा बढी पूर्वमाओवादी केन्द्रभित्र छ, तर कसैले खुला रूपमा बोल्न नसकेको मात्र हो ।’
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply