यस्ता पात्र किन प्रिय लाग्छन् रु
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सिंगापुरबाट सोमबार स्वदेश फर्किएका छन् । पत्नी सीता दाहाललाई सिंगापुरस्थित एमटी एलिजाबेथ अस्पतालमा ‘फलोअप उपचार’ गराएर प्रचण्ड स्वदेश फर्किंदै गर्दा सार्वजनिक भएको विमानस्थलको एउटा स्वागत तस्बिरले अहिले बजार गर्मराएको छ । पत्नीको उपचार गराएर स्वदेश फर्किएका कारण मानवीय हिसाबले प्रचण्डप्रति सद्भाव र सीताको स्वास्थ्यप्रति आमचासो हुनुपर्नेमा उल्टो त्यो तस्बिरको चाहिँ बढी चर्चा भइरहेको छ ।
प्रचण्ड राति ९ बजे पुत्री गंगा, भतिज समीरसहित स्वदेश फर्किएका थिए । उनी जहाजबाट ओर्लिनेबित्तिकै स्वागत गर्ने लहरको अग्रपंक्तिमा एउटा मोटोघाटो खाइलाग्दो व्यक्ति बसेका थिए । महासचिव विष्णु पौडेल, केन्द्रीय कार्यालय सचिव कृष्ष्णगोपाल श्रेष्ठ, ३ नम्बर प्रदेशका अध्यक्ष नारायण दाहालसहितका नेताहरूसँगै उभिएका ती खाइलाग्दो व्यक्तिले प्रचण्डलाई स्वागत गर्दै खादा ओढाइदिए । ती थिए– झापास्थित बीएमसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईं ।
त्यति मात्र होइन, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित रनवेबाट विशिष्ट कक्षसम्म प्रसाईं प्रचण्डसँगै पछिपछि आए र देब्रेतिर कुम जोडेर प्रचण्डसँगै बसे । यतिसम्म कि प्रचण्डको नजिक प्रसाईंबाहेकका अन्य नेताले बस्ने हिम्मतसमेत गरेनन् । त्यसो त प्रसाईं नेकपाका नेताहरूसँग अपरिचित हुने कुरै थिएन । तर, विमानस्थलमा स्वागत गर्न पुगेका थुप्रै नेकपाका कार्यकर्ताहरू भने कुम जोडेर बसेका अपरिचित प्रसाईंको अस्वाभाविक जस्तो लाग्ने गतिविधि अर्थात् गैरशाब्दिक सञ्चार देखेर आश्चर्यचकित हुँदै कानेखुसी गरिरहेका देखिन्थे । अहिले प्रचण्डसँगै कुम जोडेर बसेको प्रसाईंको फोटो नेकपाका कार्यकर्ताहरूले फेसबुकलगायतका सामाजिक सञ्जालहरूमा भाइरल बनाएका छन् । फोटोबारे सार्वजनिक रूपमा बहस बढ्दै गएको छ ।
‘हाम्री हजुरआमाले यो फोटो देख्नुभयो भने के भन्नुहुन्छ होला रु जनयुद्धमा छोरो गुमाउँदाको क्षण, छोराछोरीलाई पटकपटक जेलमा भेट्दाको पल, पुलिसको अपमानको तस्बिरलाई कसरी तुलना गर्नुहुँदो हो यो तस्बिरसँग । सम्झिँदा आफैंलाई डर लाग्यो, कस्तो हुँदो रहेछ सत्ता र शक्ति बाफ रे बाफ कसरी परिवर्तन गराइदिने रैछ है रु’ सामाजिक सञ्जालमा प्रचण्डलाई व्यंग्य गर्दै अनेरास्ववियु क्रान्तिकारीका केन्द्रीय सदस्य सविन खड्काले लेखेका छन् ।
खड्का सहिद रितबहादुर खड्काका भतिजा हुन् । नेकपाका स्थायी समिति सदस्य घनश्याम भुसालले खड्काले पोस्ट गरेको सामाजिक सञ्जालको तस्बिरमाथि प्रतिक्रिया जनाउँदै ‘यस युगको वास्तविक तस्बिर’ भनेका छन् ।
त्यसो त प्रसाईं धेरै पहिलेदेखि चर्चामा छन् । गैरकानुनी तरिकाले मेडिकल कलेज सञ्चालन गरिरहेको आरोप खेपिरहेका उनीमाथि अन्य थुप्रै आरोपसमेत छ । पार्टी एकता टुंगिने बेला उनै प्रसाईंले भक्तपुरस्थित निवासमा अध्यक्षद्वय ओली र प्रचण्डलाई मार्सी चामलको भात खुवाएकोे तस्बीर पोस्ट गरेका थिए । उक्त तस्बिर पोस्ट भएपछि कम्युनिस्ट पार्टीको नेतृत्व दलाल पुँजीपतिहरूको चंगुलमा परेको भन्दै कार्यकर्ताहरूले निरन्तर आलोचना गर्ने क्रम बढ्दै गएको छ । यसबारे प्रमाणसहित नेकपाको स्थायी समितिको आगामी बैठकमा कुरा उठ्न सक्ने एक नेताले बताए ।
प्रचण्डको संरक्षणकै कारण कालोसूची र कारबाहीबाट जोगिँदै आएका शैलुङ कन्सट्रक्सन प्रालिका सञ्चालक ठेकेदार शारदाप्रसाद अधिकारीको ललितपुरस्थित घरमा बसेर पार्टी एकतासम्बन्धी पटकपटक छलफल भएको विषय नेकपाभित्र बहस ताजै रहेका बेला फेरि अर्को तस्बिरको बहसले बजार तताउने निश्चितजस्तै छ । तिनै अधिकारीले खुमलटारमा प्रचण्डलाई उपहारस्वरूप घर दिएकाले कालोसूचीबाट जोगिदैं आएको चर्चा हुने गर्छ । त्यसो त स्वच्छ र इमानदार छविको परिचय बनाएका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र प्रचण्डबीच तिनै अधिकारीलाई कारबाही गर्ने कि नगर्ने विवाद भएको समाचारसमेत यसअघि सार्वजनिक भएको थियो ।
सम्बन्धित समाचार
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
अर्बौं बजेट थन्कियो, काम सुस्त — प्रदेश सरकारमाथि प्रश्न
-
भ्रमण धेरै, परिणाम थोरै? कृषि मन्त्रालयको अन्तर्राष्ट्रिय सहभागितामाथि प्रश्नचिन्ह
-
नेपालको पहिलो आधुनिक सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी
-
ओली र लेखकमाथि अनुसन्धान जारी, प्रहरीद्वारा भ्रामक सूचना नफैलाउन आग्रह
Leave a Reply