आईजीलाई घुमाउँदै दुई निरीक्षक
काठमाडौं । नेपाल प्रहरीका आइजीपी सर्वेन्द्र खनाल पछिल्लो समय विवादमा आइरहेका छन् । उनलाई उनको सचिवालयकै कर्मचारीहरूले विवादमा ल्याउने गरेको बताइन्छ । पछिल्लो समय उनको सचिवालयमा कार्यरत दुई जना प्रहरी निरीक्षकले आईजी खनाललाई घुमाउने गरेको गुनासो बढेको छ ।
उनीहरूले नै सचिवालयका तर्फबाट विभिन्न सरुवा र बढुवाको प्रक्रिया अगाडि बढाउने भन्दै विभिन्न व्यक्ति तथा निकायहरूसँग रकमको मोलतोल गर्ने गरेको तथ्य पत्ता लागेको छ ।
त्यसरी आईजीपी खनालको नाम दुरुपयोग गर्ने प्रहरी निरीक्षकहरूमा केशव गौतम र गोविन्द कार्की रहेको बताइएको छ । गौतम अहिले प्रधान कार्यालयअन्तर्गत आईजी सचिवालयमा छन् । प्रहरीको लेखाअन्तर्गत बजेट धेरै हुने शाखाहरू प्रहरी परिसर काठमाडौं, त्रिभुवन विमानस्थल, कुुकुर शाखालगायतमा लेखा प्रमुख बनेर काम गरिसकेका गौतम ‘मालपानी’ आउने सेटिङ मिलाउन माहिर मानिन्छन् । उनले देशैभरीका लेखापालहरूको खटनपटनमा आर्थिक संकलन गरेर कुस्त कमाएको उनलाई चिन्नेहरू बताउँछन् । प्यूठान घर भएका उनी पहिलेदेखि नै रोजेको ठाँउमा बस्दै आएका छन् । उनको सुकेधारमा आफ्नै विशाल महल र निजी कारसमेत छ ।
यता आईजी निवासमा पीएका रूपमा कार्यरत गोविन्द कार्कीले पनि त्यसै गरी आईजी खनालको नाम बेचेर असुली धन्दा जारी राखेको बताइएको छ । लेखा समूहमा रहेर काम गरेका कार्की पनि विगतमा ट्रफिक महाशाखा, जिल्ला प्रहरी कार्यालय महोत्तरीलगायतका आकर्षक स्थानहरूमा बसेर ‘तर’ मारिसकेका छन् । काठमाडौंको बानेश्वरमा आफ्नै विशाल महल खडा गरिसकेका कार्कीले समेत निवासका गोप्य सूचना चुहाउनुका साथै आईजीका नाममा चलखेल गरेर मानिसहरूलाई दिक्क पारिरहेको बताइएको छ । उनीहरू दुवैलाई स्रोत नखुलेको सम्पत्तिमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिनको तयारी गरेको बुझिएको छ ।
सम्बन्धित समाचार
- आज तीन मन्त्रीले शपथ लिँदै
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- एमालेले पुस ८ गते पत्रकार सम्मेलन गर्ने
- भारतमा ९२ सांसद निलम्बित
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
- एमालेको ‘संकल्प यात्रा’ आज पोखरा पुग्ने
- सुर्खेतमा आज एमालेको जनसभा
- ‘मंसिर ३० मा समानान्तर सरकार, फागुन १ मा गणतन्त्र फाल्छौं’ ः दुर्गा प्रसाई
Leave a Reply