विप्लवसँग पत्र आदानप्रदानको तयारीमा सरकार
काठमाडौं । अर्धभूमिगत गतिविधि गरिरहेको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग सरकारद्वारा गठित राजनीतिक वार्ता समितिले औपचारिक पत्र पठाउने गृहकार्य सुरु गरेको छ । वार्ताको टेबलमा आउन आह्वान गर्दै राजनीतिक वार्ता समितिले विप्लव समूहलाई पत्र पठाउने तयारी गरेको हो ।
केही महिनापहिले सो पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ पक्राउ परेपछि महासचिव विप्लव भूमिगतजस्तै छन् । सत्तारूढ दलका केही नेतासँग अनौपचारिक सम्पर्कमा रहेका उनी त्यसयता भने उनीहरूसँग मात्र होइन, आफ्नै पार्टीका पनि स्थायी समिति सदस्य र निश्चित केही नेताबाहेक सम्पर्कमा छैनन् । यिनै कारणले गर्दा पनि सरकारद्वारा गठित वार्ता टोलीले सम्पर्क सूत्रहरूमार्फत बाहेक विप्लवसँग टेलिफोनमा पनि प्रत्यक्ष कुरा गर्न सकेको छैन । स्थायी समिति र केन्द्रीय कमिटी सदस्य हैसियतका सम्पर्क सूत्रहरूले पार्टी वार्ताका लागि तयार रहेकाले पत्र पठाउँदा हुने सन्देश दिए पनि राजनीतिक समितिले भने तत्काल पत्र पठाइहाल्ने निर्णय गर्न सकेको छैन ।
‘यताबाट पत्र पठाउने तयारी त भइरहेकै छ, तर त्यसको रेसपोन्स कसरी आउँछ, कहिलेबाट वार्ता सुरु गर्न सकिन्छ जस्ता विषयहरू नेतृत्व तहबाटै प्रस्टताका साथ नआएसम्म चाहिँ पत्र पठाइहाल्दैनौं,’ सरकारद्वारा गठित वार्ता टोलीका एक सदस्यले बुधबारसँग भने, ‘त्यसैले पहिले हामी उहाँहरूको नेतृत्वसँग स्पष्ट कुरा गर्ने पक्षमा छौं ।’ विप्लव समूहले मंसिर ८ गते काठमाडौंको खुलामञ्चमै आमसभा घोषणा गरेर देशभर जनपरिचालनको कार्यक्रम गर्ने तयारी गरेपछि सरकारले उसको गतिविधिलाई नजिकबाट नियालिरहेको छ ।
शान्तिपूर्ण गतिविधिमा कुनै हस्तक्षेप नगर्ने सरकारले नीति लिएका कारण विप्लव समूह पनि वार्तामा बस्न लचिलो बन्दै गएको बताइएको छ । विप्लव समूहले वार्ताबारे स्थायी समितिबाट निर्णय गरिसके पनि बाहिर प्रस्टताका साथ निर्णय सार्वजनिक नगरेका कारण भने सरकारले पनि शंकाको साथ हेरिरहेको छ । दुवैले एकअर्कालाई शंकाकै दृष्टिले हेरिरहेका कारण पनि वार्ताबारे तत्काल निर्णय हुन नसकेको बताइएको छ । खासगरी विप्लवसँगको वार्ताको राजनीतिक समितिको तयारीबारे प्रधानमन्त्री केपी शर्मा ओलीले नै गम्भीर चासो व्यक्त गरेका छन् । उनको पछिल्लो चासोलाई लिएर वार्ता टोलीका संंयोजक सोमप्रसाद पाण्डेसहित सदस्यहरूले प्रधानमन्त्री ओलीलाई ‘ब्रिफिङ’ गर्दै एक चरण छलफलसमेत गरेका छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply