घटेन बैरोमा बिचौलियाको बिगबिगी
काठमाडौं । प्रहरीले सोमबार मात्र ताहचलस्थित श्रम तथा वैदेशिक रोजगार विभाग काठमाडौं कार्यालयबाट ७ जान बिचौलियाहरूलाई नियन्त्रणमा लिएको छ । वैदेशिक रोजगार क्षेत्रको सम्पूर्ण ठगी शून्य पार्ने र जनताले बेहोरिरहेको हैरानी दूर गर्ने भनेर श्रम तथा सामाजिक विकास मन्त्री गोकर्ण विष्टले हरेक दिनजसो भाषण गरिरहँदा ती बिचौलियाहरू पक्राउ परेका हुन् ।
यति ठूलो संख्यामा एउटा शाखा कार्यालयबाट बिचौलियाहरू यसरी रंगेहात पक्राउ पर्नुले वैरोमा हुने ठगीमा कुनै कमी नआएको प्रस्ट हुन्छ । त्यसो त बाहिर देखिँदा विभागमा सबै नियमपूर्वक नै काम भएको जस्तो देखिने गर्छ । तर, भित्री सेटिङमा काम हुने हुनाले सर्वसाधारण भने कागजपत्र र प्रक्रिया नपुगेको भन्दै महिनौं भौंतारिन बाध्य हुने गरेका छन् ।
सोमबार मात्र श्रम स्वीकृतिका लागि आउने सेवाग्राहीलाई हैरानी दिने तथा काम छिटोछरितो गरिदिन्छु भनी बिचौलिया काम गर्ने कोटेश्वर बस्ने खोटाङ हलेसीका यम गिरी, कालिमाटी बस्ने काभ्रेका भरत तामाङ, कोटेश्वर बस्ने सिन्धुलीका पुष्प राई, धादिङकी सीता मगर, गोरखाकी सिर्जना मगर पक्राउ परेका हुन् । यसैगरी, कीर्तिपुरका रविराज सापकोटा, सामाखुसी बस्ने मोरङका किशोरप्रसाद श्रेष्ठलाई पनि प्रहरीले नियन्त्रणमा लिएको हो । सो सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ ।
यता वैदेशिक रोजगारीमा जाने नेपालीहरूका लागि सरोकारवाला कार्यालयका कर्मचारीहरूले व्यक्तिपिच्छे नै विभिन्न नियमकानुन देखाउँदै हैरान पार्ने गरेका छन् । उनीहरूले घुस नदिनेजस्तो खालको सेवाग्राही सेवा लिन गए हतोत्साहित पार्ने गरेको गुनासो छ ।
अध्यागमन, वैदेशिक रोजगार विभाग–विमानस्थल कार्यालय र प्रहरीसमेतको सेटिङमा अनियमितता हुने गरेको हो । कर्मचारीको मौखिक निर्देशनले अधिकांश सेवाग्राहीको काम अलपत्र परेको बताइन्छ । यो चलन श्रम कार्यालय ताहाचलका कर्मचारीहरूमा झन् व्यापक रहेको बताइन्छ ।
यसको उदाहरणका लागि तनहुँका कृष्ण जीसी र गणेश भुजेललाई लिन सकिन्छ । उनीहरूको पोल्यान्डमा जान वर्किङ भिसा आइसकेपछि श्रम अनुमति लिन वैदेशिक रोजगार विभागमा पुगेका थिए । व्यक्तिगत रूपमा वर्किङ भिसा निकालेका उनीहरूले एक साता धाउँदासमेत श्रम अनुमति पाएनन् । एक साता कुराएर अन्तिममा मन्त्रीको आदेश भन्दै श्रम स्वीकृति दिन नमिल्ने भन्दै फर्काइदिए । व्यक्तिगत रूपमा पनि कामदारका रूपमा विदेश जान पाइनेछ । तर, पछिल्लो समय व्यक्तिगत भिसामा जान विभिन्न बहाना बनाएर रोक्ने काम भइरहेको बताइन्छ । महानिर्देशक दिलीपकुमार चापागाईंलाई उनीहरूले यसबारे सोध्दा व्यक्तिगत भिसामा पनि जान सकिने भन्ने जवाफ दिने गरेको तर विभिन्न कागजात मिलेन भन्दै आफुहरूलाई अलमलमा पार्ने गरेको उनीहरूले बताए ।
यसपछि पनि उनीहरू श्रम कार्यालय जाँदा कहिले कार्यालय प्रमुख सर हुनुहुन्न भन्ने त कहिले बाहिर गएर दलालमार्फत सेटिङ मिलाए आउन भन्नेलगायत बहाना गरेर आफूहरूलाई दुःख दिएको उनीहरूको भनाइ छ । दलालले काम बनाइदिने भन्दै २० हजार मागेको र आफूहरूले २० हजार तिर्न नसक्ने भन्दै तीन दिनसम्म कार्यालय धाइरहँदा पनि काम हुन नसकेको गुनासो छ । सोमबार बिहान कार्यालय प्रमुखले अझै अलमल गरेर काम रोक्नुपर्ने कारण नै नभएको बताए पनि कर्मचारीहरूले माथिबाट लिखित निर्देशन नआएको भन्दै झुलाइरहे । यसपछि पनि उनीहरूले श्रम अनुमति नपाएको बताइन्छ । श्रम कार्यालय ताहाचलमा उनीहरूजस्तै धेरैको समस्या उस्तै छ । त्यहाँका कर्मचारीहरू ‘मेनपावरहरूले भिसा निकालेर श्रम लिन भने व्यक्तिगत बनाउन लगाउने’ गरेकाले थप अनुसन्धान गर्न रोकिएकोे बताउँछन् । नेपाल सरकारका अधिकारीहरूले एकले अर्कोलाई देखाउँदा सरोकारवालाले सबै कागजपत्र पु¥याएपछि दिनैपर्ने श्रम अनुमति लिन पनि एउटा व्यक्तिले दुई साता बिताउनुपर्ने समस्या यथावत् छ ।
सम्बन्धित समाचार
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
अर्बौं बजेट थन्कियो, काम सुस्त — प्रदेश सरकारमाथि प्रश्न
-
भ्रमण धेरै, परिणाम थोरै? कृषि मन्त्रालयको अन्तर्राष्ट्रिय सहभागितामाथि प्रश्नचिन्ह
-
नेपालको पहिलो आधुनिक सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी
-
ओली र लेखकमाथि अनुसन्धान जारी, प्रहरीद्वारा भ्रामक सूचना नफैलाउन आग्रह
Leave a Reply