महासमिति छल्न म्याद थपको नाटक
काठमाडौं । यहि मंसिर २८ गतेदेखि पुस ३ गतेसम्म बोलाइएको महासमिति बैठकमा भ्रातृ संगठन नेविसंघको विषयलाई लिएर निकै तनाव उत्पन्न हुने देखेर मात्रै नेपाली कांग्रेसले नेविसंघको कार्यकाल अरू दुई महिना थप्ने निर्णय गरेको बुझिएको छ । कांग्रेस कार्यसमिति बैठकमा असन्तुष्ट पक्षको विरोधको बाबजुद सभापति शेरबहादुर देउवाले बहुमतका आधारमा दुई महिना अवधि थप्ने निर्णय गरेपछि यसले निकै हंगामा मच्चाएको छ ।
अचम्म त के छ भने पहिले सभापति देउवा नै समय थप्न नहुने पक्षमा थिए भने रामचन्द्र पौडेल समूह विघटनको पक्षमा थियो । कृष्णप्रसाद सिटौला समूह मात्र ६ महिना अवधि थप्नुपर्ने पक्षमा थियो । तर, समय थप्न नहुने पक्षमा रहेको संस्थापन समूहले नै समय थपेको छ भने समय थपको माग गर्ने समूह विरुद्धमा उभिएको छ । सो समूहले नेविसंघलाई महासमिति बैठक छल्न मात्र देउवाले प्रयोग गरेको आरोप लगाएको छ । महासमिति बैठक सकिएपछि विघटन नै गर्ने संस्थापन पक्षको तयारी रहेको बताइन्छ । थपिएको दुई महिनामा पनि महाधिवेशन नहुने देख्दादेख्दै त्यति समय थप्नुको अर्थ महासमिति बैठक छल्लुबाहेक केही नरहेको असन्तुष्टहरूको तर्क छ । महासमिति बैठक सकिएपछि आफूअनुकूल नेतृत्वलाई टीका लगाएर चुन्ने देउवाको तयारी रहेको स्रोतले बतायो ।
गुटैगुटका प्रदर्शन
गत निर्वाचनबाट अन्यन्तै कमजोर प्रतिपक्षको भूमिकामा समिति भएको कांग्रेसमा पछिल्लो समय झन् धेरै गुटको जन्म भएको छ । यसले कमजोर कांग्रेसलाई झन् कमजोर बनाएको भन्दै कांग्रेसका कार्यकर्ता चिन्तित बनेका छन् । कहिल्यै लन्चका लागि बोलाएर त कहिले एउटै माला भिरेर एकातिर, अनावश्यक रूपमा कोइराला परिवारका सदस्य शशांक, शेखर, सुजाताले गुटको अभ्यास गरेका छन् भने अर्कातिर युवाका नाममा गगन थापा, गुरु घिमिरे, बद्री पाण्डे, कमला पन्त, रामकृष्ण यादवलगायत एक दर्जन केन्द्रीय तहका नेताले लगातार दुई दिन एक होटलमा भेला भएर नयाँ ग्रुपिजमको अर्को प्रचार गरिरहेका छन् ।
सम्बन्धित समाचार
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
अर्बौं बजेट थन्कियो, काम सुस्त — प्रदेश सरकारमाथि प्रश्न
-
भ्रमण धेरै, परिणाम थोरै? कृषि मन्त्रालयको अन्तर्राष्ट्रिय सहभागितामाथि प्रश्नचिन्ह
-
नेपालको पहिलो आधुनिक सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी
-
ओली र लेखकमाथि अनुसन्धान जारी, प्रहरीद्वारा भ्रामक सूचना नफैलाउन आग्रह
Leave a Reply