महासमिति छल्न म्याद थपको नाटक
काठमाडौं । यहि मंसिर २८ गतेदेखि पुस ३ गतेसम्म बोलाइएको महासमिति बैठकमा भ्रातृ संगठन नेविसंघको विषयलाई लिएर निकै तनाव उत्पन्न हुने देखेर मात्रै नेपाली कांग्रेसले नेविसंघको कार्यकाल अरू दुई महिना थप्ने निर्णय गरेको बुझिएको छ । कांग्रेस कार्यसमिति बैठकमा असन्तुष्ट पक्षको विरोधको बाबजुद सभापति शेरबहादुर देउवाले बहुमतका आधारमा दुई महिना अवधि थप्ने निर्णय गरेपछि यसले निकै हंगामा मच्चाएको छ ।
अचम्म त के छ भने पहिले सभापति देउवा नै समय थप्न नहुने पक्षमा थिए भने रामचन्द्र पौडेल समूह विघटनको पक्षमा थियो । कृष्णप्रसाद सिटौला समूह मात्र ६ महिना अवधि थप्नुपर्ने पक्षमा थियो । तर, समय थप्न नहुने पक्षमा रहेको संस्थापन समूहले नै समय थपेको छ भने समय थपको माग गर्ने समूह विरुद्धमा उभिएको छ । सो समूहले नेविसंघलाई महासमिति बैठक छल्न मात्र देउवाले प्रयोग गरेको आरोप लगाएको छ । महासमिति बैठक सकिएपछि विघटन नै गर्ने संस्थापन पक्षको तयारी रहेको बताइन्छ । थपिएको दुई महिनामा पनि महाधिवेशन नहुने देख्दादेख्दै त्यति समय थप्नुको अर्थ महासमिति बैठक छल्लुबाहेक केही नरहेको असन्तुष्टहरूको तर्क छ । महासमिति बैठक सकिएपछि आफूअनुकूल नेतृत्वलाई टीका लगाएर चुन्ने देउवाको तयारी रहेको स्रोतले बतायो ।
गुटैगुटका प्रदर्शन
गत निर्वाचनबाट अन्यन्तै कमजोर प्रतिपक्षको भूमिकामा समिति भएको कांग्रेसमा पछिल्लो समय झन् धेरै गुटको जन्म भएको छ । यसले कमजोर कांग्रेसलाई झन् कमजोर बनाएको भन्दै कांग्रेसका कार्यकर्ता चिन्तित बनेका छन् । कहिल्यै लन्चका लागि बोलाएर त कहिले एउटै माला भिरेर एकातिर, अनावश्यक रूपमा कोइराला परिवारका सदस्य शशांक, शेखर, सुजाताले गुटको अभ्यास गरेका छन् भने अर्कातिर युवाका नाममा गगन थापा, गुरु घिमिरे, बद्री पाण्डे, कमला पन्त, रामकृष्ण यादवलगायत एक दर्जन केन्द्रीय तहका नेताले लगातार दुई दिन एक होटलमा भेला भएर नयाँ ग्रुपिजमको अर्को प्रचार गरिरहेका छन् ।
सम्बन्धित समाचार
- आज तीन मन्त्रीले शपथ लिँदै
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- एमालेले पुस ८ गते पत्रकार सम्मेलन गर्ने
- भारतमा ९२ सांसद निलम्बित
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
- एमालेको ‘संकल्प यात्रा’ आज पोखरा पुग्ने
- सुर्खेतमा आज एमालेको जनसभा
- ‘मंसिर ३० मा समानान्तर सरकार, फागुन १ मा गणतन्त्र फाल्छौं’ ः दुर्गा प्रसाई
Leave a Reply