पञ्चशीलको घोषणापछि मन्त्रीको दारु पार्टी
काठमाडौं । दिउँसो पञ्चशीलको घोषणा, बेलुकी माछामासु र मदिरामा मस्त । यस्तो विरोधाभास कार्य अरू कोबाट हुन सक्ला र ? केही दिनअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले यस्तै विरोधाभास चरित्र देखाएका छन् ।
गएको शनिबार मन्त्री अधिकारी पञ्चशीलको घोषणा गर्न लुम्बिनी पुगेका थिए । लुम्बिनी पुगेपछि उनले बिहान लुम्बिनी विकास कोषको कार्यकारी समितिको बैठकमा भाग लिए र दिउँसो लुम्बिनी सांस्कृतिक नगरपालिकाले आयोजना गरेको पञ्चशील घोषणा कार्यक्रममा सरिक भए । लुम्बिनी गुरुयोजनाभित्र मात्र होइन, सो नगरपालिका क्षेत्रलाई नै पञ्चशील क्षेत्र घोषणा गरिएको थियो । पञ्चशील अर्थात् पाँच किसिमका कार्यहरू नगर्ने घोषणा मन्त्री अधिकारीले गरे । ती पाँच सिद्धान्तहरूमा मदिराजन्य पदार्थ सेवन नगर्ने, हिंसा नगर्ने, चोरी नगर्ने, झूटो नबोल्ने र व्यभिचार नगर्ने पर्दछन् । मन्त्री अधिकारीले पनि यिनै पाँच सिद्धान्तमा अडिग रहेर लुम्बिनीभित्र पञ्चशील सिद्धान्तलाई पालना गर्ने प्रतिबद्धता जनाए ।
तर, मन्त्री अधिकारीको प्रतिबद्धताले बेलुकीपख भने लुम्बिनी गुरुयोजनाभित्र सञ्चालित होक्के होटलमा हावा खान पुग्यो । गुरुयोजनाभित्रै निर्माण भएको होटल कासाईमा रातिको विश्राम लिए पनि मन्त्री अधिकारीले होक्के होटलमा मासु र मदिरा खाएर रमाइलो गरेका थिए । यसअघि पनि मदिरा सेवनमा जम्न लुम्बिनी पुग्ने गरेका मन्त्री अधिकारीले दिउँसोको पञ्चशीलको घोषणालाई बिर्सेर राति भने मासु र मदिरामा आफूलाई भुल्याएका थिए । काठमाडौंमा तनाव हुँदा मन्त्री अधिकारी प्रायः लुम्बिनी आउने गरेका छन् ।
मन्त्री अधिकारीले पञ्चशीलको घोषणा गरे पनि यो नौलो भने होइन । यसअघि पनि पटकपटक पञ्चशीलको घोषणा भइसकेका हुन् । कोषको तत्कालीन उपाध्यक्ष ओमकार गौचनले आफ्नो पालामा पञ्चशीलको घोषणा गरेका थिए । त्यसपछि अर्का उपाध्यक्ष कर्मासंघ शेर्पाले पनि पञ्चशीलको घोषणा गरेका थिए ।
यसैगरी, कोषका उपाध्यक्ष अवधेश त्रिपाठीले लुम्बिनी गुरुयोजनाभित्रको सिम्बोलिक भवन आफूखुसी प्रयोग गरिरहेका छन् । गुरुयोजनाभित्र निर्माण भएको सिम्बोलिक भवन खाली रहेको हुँदा कोषले त्यहाँ पसलहरू राख्ने भनेर सूचनासमेत जारी गरेको थियो । कोषले भवन भाडामा लगाउन टेन्डर आह्वान गरेपछि स्थानीय बासिन्दाहरूले ३०÷४० लाख रुपैयाँसम्म बोलकबोल गरेर ठेक्कासमेत हालेका थिए ।
तर, उपाध्यक्ष त्रिपाठीले भने ठेक्का दिन ठिक्क पारिए पनि भवनको ठेक्का प्रक्रिया रद्द गराई सो भवन आफैंले प्रयोग गर्न थालेका छन् । उनले सो भवनमा आफैंद्वारा सञ्चालित करुणा स्कुलका नाममा प्रयोग गर्न थालेका छन् । उपाध्यक्ष त्रिपाठीले यसअघि गुरुयोजना बाहिर करुणा स्कुल सञ्चालन गर्दै आएका थिए । अहिले सोही स्कुलको नाममा भवन लिएर धार्मिक किताबहरू बेच्ने थलो बनाएका छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply