सिँँचाइमा दाहालको रजगज
काठमाडौं । सिँचाइ विभागको कर्मचारी प्रशासन (कप्र) मा उपसचिव वासुदेव दाहालले विगत चार वर्षदेखि रजगज गर्दै आएका छन् । बीचमा मिलाएर मन्त्रालय जाने र फर्केर फेरि विभागको कप्रमा आउने दाहाल र शाखा अधिकृत कृष्ण गिरी मिलेर विभागअन्तर्गतका आयोजना र डिभिजनहरूमा लुट मच्चाएको बताइन्छ ।
दाहाल र गिरी मिलेर सिँचाइ विभागअन्तर्गतका योजना र डिभिजनमा सरुवा गर्दा मोटो रकम उठाएर मात्र फाइल अगाडि बढाउने गुनासो विभागभित्रै हुन थालेको छ । मन्त्री वर्षमान पुनलाई पनि भाग छुट्ट्याउनुपर्छ भन्दै उनीहरूले रकम असुल्ने गरेको स्रोतको दाबी छ । पैसा लिएर आयोजनाको जिम्मा दिएकै परिणाम अहिले सिक्टा सिँचाइ आयोजना प्रकरणमा अख्तियारले थुप्रै कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको मूल नहर निरीक्षणकै क्रममा भत्किएपछि कालिका कन्ट्रक्सनमा ठेकेदारसहित आयोजनाका तत्कालीन प्रमुखहरू सरोजचन्द्र पाण्डित, दिलीपबहादुर कार्की र रमेश बस्नेत, सीडीई मीनराज ढकाल, सूर्यदेव थापा, यागेन्द्र मिश्र, श्यामबहादुर कार्की, सुशीलचन्द्र देवकोटा, कृष्णप्रसाद सुवेदी, प्रेमराज घिमिरे, वीरसिंह धामी र प्रकाशबहादुर कार्कीविरुद्ध मुद्दा हालिएको छ । त्यस्तै, सिँचाइ विभागका सुपरिसेन्डिङ इन्जिनियर कमलप्रसाद रेग्मी, सीडीई रविनाथबाबु श्रेष्ठ र अशिषचन्द्र खनालविरुद्ध पनि भ्रष्टाचारको मुद्दा दायर भएको छ ।
१२ अर्ब रुपैयाँमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको यो आयोजनाको लागत भ्रष्टाचार र ढिलासुस्तीका कारण २५ अर्बभन्दा बढी लाग्ने भइसकेको छ । यसका पछाडि अप्रत्यक्ष संलग्नता कप्रमा बसेर हालीमुहाली गर्नेहरूको समेत रहेको बताइन्छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply