डीजी तोयमको सेटिङले राजस्व घट्यो
काठमाडौं । शिशिर ढुंगाना राजस्व सचिव भएका बेला सेटीङ मिलाएर मुलुकको आकर्षक र मालदार निकाय भन्सार विभागमा आउन सफल महानिर्देशक तोयम रायले विभागलाई असुलीको थलो बनाएका छन् । उनी आएयता मुलुकका भन्सार कार्यालयहरूमा प्रिपेड लाखौं रकम लिएर कार्यालय प्रमुख पठाएका थिए ।
ती प्रमुखहरूले खुलेयाम तस्करीलाई बढावा दिँदै गएका छन् । मुलुकको सबैभन्दा बढी राजस्व कारोबार हुने विराटनगर कार्यालय भन्सार प्रमुख हिमांशु अधिकारी गएपछि भन्सार छली र तस्करी अत्यन्तै धेरै हुन थालेको छ । उनलाई उपप्रमुख सुशील शर्मा पौडेलले साथ दिने गरेका छन् । त्यसैले, विराटनगर भन्सारका प्रमुख अधिकारी र उपप्रमुख पौडेल मिलेर संगठित तस्करी गदैं दिनमै करोडौं रकम उठाउने गरेको बताइन्छ । पछिल्लो समय विराटनगर भन्सार एजेन्टबाट ब्यावसायीहरू नै पीडित हुन थालेका छन् ।
विराटनगर भन्सार कार्यालयका प्रमुख अधिकारी र भन्सार एजेन्टको मिलेमतोमा व्यावसायीले त्रास र मर्का दुवै खेप्नुपरेको पीडितले बताए । करिब एक महिना अघि विवेक सप्लायर्सले ल्याएको मार्बलसहितको ट्रकलाई एजेन्ट विनोद पोदारले पास गराउने तयारी गरे पनि भन्सर प्रमुख अधिकारी र पोदार कमिसन नमिलेका कारण व्यापारीको मालवाहक ट्रक १० दिनदेखि रानी भन्सारमा थन्किएको थियो । व्यवसायीले दैनिक रूपमा आफू भन्सार धाएको भए पनि विभिन्न बहाना बनाएर मालवाहक ट्रक भन्सार कार्यालयले छाड्न नमानेको पीडित व्यवसायीले बताए ।
आफुले बिल र बैकबाट अर्को पक्षलाई तिरेको रकमको बिलसमेत भन्सारलाई दिएको भए पनि सस्तोमा सामान ल्याएको भन्दै जरिवाना हान्ने अन्यथा लाखौं कमिसन दिनुपर्ने भन्दै मोलतोल गरेका थिए । सही ढंगले काम गर्दा पनि पैसा खान नपाए विभिन्न बहानामा भन्सार कार्यालयले सामान रोक्ने गर्छ, जसका कारण आफुहरू मर्कामा पर्ने गरेको पीडितले बताए ।
त्यसरी सामान अल्झाएर विभिन्न बहाना बनाउँदै पैसा खाने काममा उपप्रमुख शर्मा पौडेल पनि अगाडि छन् । उनले यही पुस १० गते एक इलेक्ट्रिकल मालवाहक गाडी पैसाको मोलतोल नमिलेसम्म अड्काएर राखे जुन दिन प्रमुख अधिकारी भने काठमाडौंमा थिए ।
उनलाई प्रमुखको जिम्मेवारी दिइएको सो दिन लाखौं असुलेर मात्र उनले सो सामान छुटाउने अनुमति दिएका थिए । व्यावसायी जरिवानासमेत तिर्न तयार भएको तर जरिवाना तिर्दा कालोसूचीमा पर्ने भएकाले नतिरेको र पैसा खुवाएरै मिलाएको उनीहरू बताउँछन् । त्यसो त विराटनगर रानी भन्सार पछिल्लो समय कर्मचारी र एजेन्टहरूका लागि राम्रो पैसा आर्जन गर्ने स्थानको रूपमा परिचित बन्दै छ ।
व्यापारीलाई दुःख दिएर भए पनि विभिन्न बहानामा रकम लिइने गरिन्छ । एक ट्रक सामान भन्सार पास गराएर व्यापारीको गोदामसम्म पुग्दा व्यापारीले बिलबिनाको १२ हजारदेखि ६० हजारसम्मको बिनाशीर्षकको रकम तिर्नुपर्ने बाध्यता रहेको उनीहरू बताउँछन् ।
त्यसो त लक्ष्यअनुसार राजस्व संकलन नहुँदा सरकारले राजस्व असुलीको वैकल्पिक कार्ययोजना थियो । आन्तरिक राजस्व विभाग, भन्सार विभाग र अर्थ मन्त्रालयको राजस्व व्यवस्थापन महाशाखाले बनाएको राजस्व असुलीको वैकल्पिक कार्ययोजनालाई अर्थ मन्त्रालयले पारित गरे पनि भन्सार विभाग प्रमुख रायको पैसामुखी प्रविधिका कारण सो योजनाले हावा खाएको बताइएको छ ।
आन्तरिक राजस्व विभाग र भन्सार विभागको महानिर्देशक परिवर्तन भएको अवस्थामा नयाँ स्पिरिटले काम गर्ने आशा गरिए पनि उनीहरू पैसा असुलीमै व्यस्त भएपछि समस्या भएको हो । अर्थमन्त्री डा. युवराज खतिवडाले भन्सार विभागमा तोयम राया, आन्तरिक राजस्व विभागमा विष्णुप्रसाद नेपाल र राजस्व व्यवस्थापन महाशाखामा रामशरण पुडासैनीलाई लागेका थिए ।
त्यसो त गत मसान्तसम्ममा लक्ष्यभन्दा १५ अर्ब रुपैयाँ कम राजस्व संकलन भएको थियो । सरकारले उक्त अवधिमा ४ खर्ब ९२ अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेकोमा ४ खर्ब ७७ अर्ब रुपैयाँ मात्र संकलन भएको बताइन्छ ।
वीरगन्ज भन्सार सीमामा भन्सार क्लियर नगरी गाडीहरू राखिएको वीरगन्ज भन्सार स्रोतले जनाएको छ । गाडीको आयातमा गिरावट आउँदा वीरगन्ज भन्सारले लक्ष्यभन्दा ५ प्रतिशत कम राजस्व संकलन गरेको छ ।
सम्बन्धित समाचार
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
अर्बौं बजेट थन्कियो, काम सुस्त — प्रदेश सरकारमाथि प्रश्न
-
भ्रमण धेरै, परिणाम थोरै? कृषि मन्त्रालयको अन्तर्राष्ट्रिय सहभागितामाथि प्रश्नचिन्ह
-
नेपालको पहिलो आधुनिक सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी
-
ओली र लेखकमाथि अनुसन्धान जारी, प्रहरीद्वारा भ्रामक सूचना नफैलाउन आग्रह
Leave a Reply