आयल निगमको पाँच भाइबीच दौडादौड
काठमाडौं । नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशक पदका लागि प्रारम्भिक छनोटमा पाँच जना परेका छन् । उनीहरूलाई यही पुस १९ गते आफ्नो व्यावसायिक योजनासहित अन्तर्वार्ताका लागि मन्त्रालयमा बोलाइएको छ । निगमको कार्यकारी निर्देशका लागि आवेदन दिएका उम्मेदवारमध्ये शैक्षिक योग्यता, कार्यानुभव, व्यावसायिक कार्यायोजना र विषयगत अध्ययन समेतको आधारमा उच्चतम अंक प्राप्त गर्ने पाँच जनालाई प्रारम्भिक रूपमा छनोट गरिएको हो ।
छनोट हुनेमा रामप्रसाद धिताल, सुरेन्द्रकुमार पौडेल, अनिलकुमार झा, लोकबहादुर खड्का र तारानाथ पौडेल रहेका छन् ।
पाँचै जना उम्मेदवारलाई व्यावसायिक कार्ययोजना र अन्य अध्ययनको प्रस्तुतीकरण एवं अन्तर्वार्ताका आधारमा छनोट गरेर तीन जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गर्ने बताइएको छ ।
अनुभव र विज्ञताका आधारमा धिताल अगाडि रहेको बताइएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका पूर्वकार्यकारी निर्देशक धिताल दौडमा अग्रणी नदेखिए पनि सबैले उनीतर्फ नजर लगाएको बताइएको छ । त्यसो त उनले विद्युत् नियमन आयोगको बोर्ड सदस्यमा पनि अन्तरवार्ता दिएका थिए । र, त्यसको नतिजा आइसकेको छैन । सम्भवतः यता उनलाई छनोट नगरे पनि आयोगमा भने सो पदका लागि उपयुक्त पात्रका रूपमा धिताललाई धेरैले हेरेका छन् ।
वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रमा रहँदा विदेशी दातृ निकायले दिएको अनुदान रकम सदुपयोग गर्ने र काम देखाउने हाकिमका रूपमा परिचित छन् ।
ऊर्जाको क्षेत्रमा राम्रो दखल राख्ने धिताललाई नबनाएको खण्डमा उदयपुर सिमेन्टका महाप्रबन्धक सुरेन्द्र पौडेल हुने सम्भावना रहेको बताइन्छ । प्रशासनका लामो अनुभवी धितालले निगम सुधारका लागि अरूले भन्दा विशेष खालको व्यावसायिक योजना प्रस्तुत गरेको मन्त्रालय स्रोतले बतायो ।
उनले निगम पुनःसंरचना गरी एक नम्बर कम्पनी बनाउने योजना ल्याएको बताइएको छ । त्यस्तै, निगमको कार्यकारी निर्देशकका लागि अनिलकुमार झा पनि दौडधुपमा लागेका छन् ।
खान र खुवाउन माहीर झा डोलिडारका पूर्वमहानिर्देशक हुन् । उनले जनक शिक्षा सामग्री केन्द्रको प्रबन्ध सञ्चालकका रूपमा काम गरेर डुबेका संस्थालाई झनै तहसनहस पारेका थिए । त्यहाँ सुधारको काम गरेर देखाउनुपर्नेमा जनक शिक्षालाई आर्थिक हिसाबले थप नोक्सानी पु¥याएको आरोप झामाथि छ । त्यस्तै, पहिले पनि निगममा प्रतिस्पर्धा गरेर दोस्रो नम्बरमा परेका लोकबहादुर खड्का पनि बलियो दाबेदार मानिन्छ । उनी यसअघि स्वरोजगार कोषमा कार्यरत थिए । यसैगरी, अर्का प्रत्यासी तारानाथ पौडेल हुन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply