वैकल्पिक ऊर्जामा को बन्लान् कार्यकारी ?
काठमाडौं । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको कार्यकारी निर्देशक छनोट प्रक्रिया अन्तिम चरणमा पुग्दा आवेदकहरू तीव्र दौडधुपमा लागेका छन् । सरोकारवाला जलस्रोत तथा सिँचाइ मन्त्रालयले मंसिर १ मा केन्द्रको कार्यकारी निर्देशकका लागि २१ दिनको समयसीमा तोकेर आवेदन माग गरेको थियो । सो अवधिभित्र केन्द्रको कार्यकारी निर्देशकका लागि ११ जनाले आवेदन दिएका थिए ।
आवेदन दिनेमा केन्द्रका कामु कार्यकारी निर्देशक नवराज ढकाल, मधुसूदन अधिकारी, प्रमोद पोखरेल, डा. सरोज कोइराला, डा. बलबहादुर पराजुली, डा. बुद्धि नेपालीलगायत छन् । त्यसैगरी, डा. रवीन्द्र ढकाल, अनन्त घिमिरे, डा. लक्ष्मण पौडेल र धर्म जीसीलगायतले आवेदन दिएको बुझिएको छ । आवेदक दिनेहरूमध्येबाट छनोट समितिले सर्ट लिस्टिङ गर्ने र सोमध्ये एकजनालाई कार्यकारी निर्देशक तोकिने बताइएको छ ।
केन्द्रको कार्यकारी निर्देशकका लागि मान्यताप्राप्त शिक्षण संस्थाबाट अर्थशास्त्र, व्यवस्थापन, इन्जिनियरिङ वा ऊर्जासम्बन्धी विषयमा कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी वैकल्पिक ऊर्जा क्षेत्रमा कम्तीमा १० वर्ष काम गरेको हुनुपर्ने मापदण्ड छ । सो केन्द्रमा यसअघि रामप्रसाद धिताल र त्यसअघि गोविन्द पोखरेल कार्यकारी निर्देशकका रूपमा कार्यरत थिए । आवेदकहरूमध्ये केहीले सत्तारूढ दल नेकपाका विभिन्न नेताको साइनो सोझ्याउँदै दौडधुपलाई तीव्र पारेका छन् ।
केन्द्रका अहिलेका कामु कार्यकारी निर्देशक नवराज ढकाल पूर्वएमालेका नेता नेत्र पन्थीका ज्वाइँ हुन् । अर्का आवेदक मधुसूदन अधिकारी पनि रूपन्देहीकै र एमालेनिकट पूर्वसहसचिव खडानन्द ढकालका ज्वाइँ हुन् । उनले पनि वामदेम गौतममार्फत लबिइङ गरिरहेको बताइएको छ । यता, प्रमोद पोखरेल त्रिभुवन विश्वविद्यालय सेवा आयोगका अध्यक्ष चैतन्य शर्माका ज्वाइँ हुन् । त्यस्तै, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा उनका विज्ञान प्रविधि सल्लाहकार रहेका डा. रवीन्द्र ढकाल पनि केन्द्रको कार्यकारी निर्देशकका प्रबल दाबेदार मानिन्छन् । मध्यपश्चिमाञ्चल विश्वविद्यालयका डिन भइसकेका दाङका अनन्त घिमिरेले सभामुख कृष्णबहादुर महरा र ऊर्जामन्त्री वर्षमान पुनको आश्वासन पाएको बुझिएको छ । त्यस्तै, लक्ष्मण पौडेल पुल्चोक इन्जिनियरिङ क्याम्पसका प्राध्यापक हुन् । डा. सरोज कोइरालाले यसअघि लगानी बोर्डको प्रमुखमा पनि आवेदन दिएका थिए । बलबहादुर पराजुली वैकल्पिक ऊर्जामा जापानबाट पीएचडी गरेका हुन् । यीमध्ये कसले बाजी मार्छ भन्ने कुरा अहिल्यै भन्न नसके पनि यो मालदार स्थान भएकाले नाता नपर्ने र पैसा खर्च गर्न नसक्नेको भने सम्भावना कम भएको स्रोतहरूको दाबी छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply