ढक तराजुका नाममा पनि झ्वाम्म !
काठमाडौं । सरकारी संयन्त्रले चाह्यो भने व्यवसायीलाई कतिसम्म दुख दिन सक्छन् र कसरी पैसा झ्वाम पार्छन भन्ने कुराको उदाहरण कालिमाटीस्थित तराकारी बजारका व्यापारीमाथि गुणस्तर तथा नापतौल विभागले गरेको व्यवहार हेर्दा छर्लङ्ग हुन्छ ।
पहिले प्रयोग गर्दै आएको ढक–तराजुमा खराबी देखिएपछि केही वर्षयता कालिमाटीका थोक व्यापारीले ‘डिजिटल तराजु’ प्रयोग गरिरहेका छन् । डिजिटल तराजुलाई पुरानोभन्दा वैज्ञानिक पनि मानिन्छ । पुरानो ढक तौलमा खराबी देखिएपछि त्यसैको बहानामा व्यवसायीलाई थर्काएर पैसा झार्दै आएका कर्मचारीले डिजिटल ढकतराजु प्रयोगपछि अवैध असुलीको स्रोत सुकेको थियो । के निहुँ बनाएर पैसा झार्ने उपाय खोजिरहेका उनीहरूले अहिले फेरि व्यापारीहरूलाई पुरानै शैलीको ढक तराजु किन्न उर्दी जारी गरेको छ । अझ अचम्म त के छ भने कसैसँग पुरानो ढक तराजु छ भने त्यो राखेर पनि हुंदैन, अहिले नै किनेको प्रमाण पेश गर्नुपर्छ रे । यसबाट कमिसनको जालोले कर्मचारीतन्त्रलाई कसरी लपेटेको रहेछ भन्ने पनि प्रस्ट हुन्छ ।
विभागको उर्दीपछि कालिमाटीका करिब ६ सय थोक व्यापारीले झुन्ड्याएर तौलने ढकतराजु किनेका छन् । बजारमा निकै सस्तो पाइने ढकतराजुलाई कालिमाटीका व्यापारीहरूले औसतमा ८ हजार रुपैयाँका दरले खरिद गरेका छन् । व्यापारीहरू आधाभन्दा बढी रकम ‘पकेट खर्च असुल गरिएको’ बताउँछन् ।
सम्बन्धित समाचार
- आज तीन मन्त्रीले शपथ लिँदै
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- एमालेले पुस ८ गते पत्रकार सम्मेलन गर्ने
- भारतमा ९२ सांसद निलम्बित
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
- एमालेको ‘संकल्प यात्रा’ आज पोखरा पुग्ने
- सुर्खेतमा आज एमालेको जनसभा
- ‘मंसिर ३० मा समानान्तर सरकार, फागुन १ मा गणतन्त्र फाल्छौं’ ः दुर्गा प्रसाई
Leave a Reply