नेपाललाई छलेर नेकपामा बेग्लै योजना
काठमाडौं । पार्टी एकीकरणपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा कतिपय महŒवपूर्ण निर्णयहरू ‘साइत’ कुरेर हुँदै आएका छन् । अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्यस्ता निर्णयहरू किन साइत कुरेर गराउँछन् ? नेकपाको सचिवालयदेखि स्थायी समिति बैठकमा उठ्दै आएको प्रश्न हो यो ।
दुई अध्यक्षले पार्टी प्रमुखसमेत भइसकेका वरिष्ठ नेता झलनाथ खनाल चीन भ्रमणमा रहेको मौका पारेर गत ३ जेठमा पार्टी एकीकरण घोषणा कार्यक्रम गर्ने निर्णय लिए । सोधेरै आफू स्वास्थ्य उपचारको सिलसिलामा भ्रमणमा गए पनि आफू नभएको मौकामा कुनै जानकारी नदिई एकीकरण गरिएकोमा पार्टी प्रमुखको जिम्मेवारी सम्हालिसकेका वरिष्ठ नेता खनालले नराम्रैसँग चित्त दुखाएका थिए ।
त्यसो त लामो समय पार्टी प्रमुख रहिसकेका अर्का वरिष्ठ नेता माधवकुमार नेपाल दक्षिण अफ्रिकी राष्ट्र घाना भ्रमणमै रहेका बेला प्रदेश कमिटी एकीकरणसँग जोडिएको महŒवपूर्ण निर्णय भएपछि फेरि प्रश्न नउठ्ने वातावरण बनेन । किनकि, आफ्नो भ्रमणबारे उनले दुवै अध्यक्षलाई जानकारी मात्र दिएका थिएनन्, फर्किएपछि बैठक बसेर एकीकरणसँग जोडिएका निर्णय गर्ने समझदारीसहित घाना प्रस्थान गरेका थिए । तर, उक्त समझदारी उल्लंघन गर्दै एक व्यक्ति ः एक कार्यकारी पदको सिद्धान्तअनुसार राजकीय मामिलामा रहेकाहरूलाई पार्टीको कार्यकारी जिम्मेवारी नदिने मापदण्डविपरीत मुख्यमन्त्रीहरूलाई नै प्रदेश इन्चार्ज तोक्ने निर्णय भएको थियो । त्यसबारे नेपालले सचिवालय बैठकमा प्रश्न उठाएपछि अध्यक्ष ओलीले कुरा पन्छाएर अरूले नै जोड गरेपछि निर्णय गर्न बाध्य भएको प्रस्टीकरण दिएका थिए ।
वरिष्ठ नेता नेपाल नेतृत्वलाई जानकारी गराएरै लाओस भ्रमणमा रहेका बेला गत सोमबार फेरि केन्द्रीय सचिवालयको अर्को बैठक बसेको छ । स्रोतका अनुसार भ्रमणअघि उनले दुवै अध्यक्षलाई जानकारी गराएर टोलीमा समावेश हुने नेताहरूको नामलाई पनि अन्तिम रूप दिएका थिए । त्यति मात्र होइन, एकीकरण कार्यदलका विषयमा फर्किएपछि बैठकमा छलफल गर्नेसमेत समझदारी भएको थियो । तर, त्यो समझदारीविपरीत बैठक डाकेर सचिवालयबाट एकीकरण कार्यदलको अधिकार खोस्ने निर्णय भएको छ । कार्यदललाई निष्क्रिय बनाउन खोजिएपछि नेपालले प्रदेश कमिटी सदस्यहरूको नामावली पुनरावलोकनमा कुरा नमिलेको भए बाँकी विषयमा छलफल गरेर प्रतिवेदन बुझाउँदा उपयुक्त हुने सुझाव राखेका थिए । तर, कार्यदलमा मापदण्डको विषयले प्रवेश पाउने भएपछि अध्यक्षद्वयकै योजनामा निष्क्रिय बनाइएको आरोप लागेको छ । नेपाल मंगलबारै स्वदेश फर्किए पनि यस विषयमा मुख भने खोलिसकेका छैनन् ।
One response to “नेपाललाई छलेर नेकपामा बेग्लै योजना”
Leave a Reply Cancel reply
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
आफ्नु घर राम्ररी सबैलाइ मिलाएर चलाउन सकिएन भने देश चलाउन गार्हो हुन्छ ।