अध्यक्ष नै नक्कली शैक्षिक प्रमाणपत्रधारी
काठमाडौं । संवैधानिक परिषद्ले पाँच संवैधानिक आयोगका अध्यक्षमा सिफारिस गरेकामध्ये एक व्यक्तिको शैक्षिक योग्यता र नागरिकतासमेत नक्कली भेटिएको छ । मधेसी दलबाट निर्वाचनअघि एमालेमा प्रवेश गरेका र अहिले मुस्लिम आयोगमा अध्यक्षका लागि सिफारिस भएका समिम अन्सारीविरुद्ध उजुरी परेको हो । संसदीय सुनुवाइ समितिको आइतबारको बैठकमा सिफारिस भएका आयोगका अध्यक्षहरूविरुद्ध परेका उजुरी खोल्दा मुस्लिम आयोगका अध्यक्ष समिम अन्सारीविरुद्ध मात्र उजुरी परेको र बाँकी चारजनाविरुद्ध कुनै पनि उजुरी परेन ।
मुस्लिम आयोगका अध्यक्ष अन्सारीलाई चारवटा उजुरी परेकोमध्ये एक अतिगोप्य, एक गोप्य र दुईवटा नामसहितको उजुरी परेको छ । उजुरीमा शैक्षिक योग्यता नक्कली रहेको विषय उल्लेख रहेको बताइएको छ । स्रोतका अनुसार उनी भारतीय नागरिक हुन् । उनले नेपालका नेता र कर्मचारीलाई मिलाएर नेपालको नागरिकता लिन सकेको र शैक्षिक योग्यताका प्रमाणपत्रहरूसमेत बनाउन सफल भएको बताइएको छ । संवैधानिक परिषद्को गत माघ ७ गते बसेको बैठकले प्राकृतिक स्रोत तथा वित्त आयोगमा पूर्वसचिवसमेत रहेका बालानन्द पौडेल, समावेशी आयोगमा पूर्वसचिवसमेत रहेका शान्तराज सुवेदी, मधेसी आयोगको अध्यक्षमा डा. विजयकुमार दत्त, थारू आयोगको अध्यक्षमा विष्णुप्रसाद चौधरी र मुस्लिम आयोगको अध्यक्षमा अन्सारीको नाम सिफारिस गरेको थियो । नेपालको संविधानको धारा २९२ ले संवैधानिक परिषद्को सिफारिसमा हुने नियुक्तिमा संसदीय सुनुवाइ गर्नुपर्ने व्यवस्था गरेको छ । सोही व्यवस्थाअनुरूप समितिको कार्यविधिअनुरूप सिफारिस भएका अध्यक्षमाथि उजुरी गर्न १० दिन समय दिइएको थियो । संसदीय सुनुवाइ प्रक्रियाबाट अनुमोदन भए सिफारिसअनुसार नियुक्ति हुनेछ । तर सो प्रक्रियाबाट अनुमोदन नगरेको अवस्थामा भने नियुक्ति प्रक्रिया रोकिनेछ । अन्सारीले काठमाडौंस्थित मुस्लिम मदरसाबाट कक्षा ९ मात्र उत्तीर्ण गरेका तर भारतको बिहारस्थित मगध विश्वविद्यालयबाट स्नातकको नक्कली शैक्षिक प्रमाणपत्र लिएको उजुरीमा दाबी छ । काठमाडौं मदरसाबाट कक्षा ९ उत्तीर्ण गरेका अन्सारीको प्रमाणपत्र तहको सर्टिफिकेटको अवस्था नखुलेको, सन् २००४ मा स्नातकको सर्टिफिकेट लिएका अन्सारीले १४ वर्षपछि (सन् २०१८) मा मात्र नेपालबाट इक्विभ्यालेन्ट गराएको उजुरीमा उल्लेख छ । त्यसो त राजनीतिक दलको सदस्यसम्बद्ध व्यक्ति आयोगमा योग्य नहुने व्यवस्था छ । उनी भने नेकपाकै केन्द्रीय सदस्य छन् । नेकपाको केन्द्रीय सदस्यबाट राजीनामा दिएको भनिए पनि अन्सारीको नाम केन्द्रीय सदस्यबाट हटाएको पत्र पार्टीले आयोगमा पठाएको छैन ।
सम्बन्धित समाचार
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
अर्बौं बजेट थन्कियो, काम सुस्त — प्रदेश सरकारमाथि प्रश्न
-
भ्रमण धेरै, परिणाम थोरै? कृषि मन्त्रालयको अन्तर्राष्ट्रिय सहभागितामाथि प्रश्नचिन्ह
-
नेपालको पहिलो आधुनिक सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी
-
ओली र लेखकमाथि अनुसन्धान जारी, प्रहरीद्वारा भ्रामक सूचना नफैलाउन आग्रह
Leave a Reply