तीन ठाउँमै लफडाको खेती
काठमाडौं । आफू हुँदा ठीक, अरु भए अवरोध । तीन वटा प्रज्ञा–प्रतिष्ठानमा आफू र आफूले भनेका मानिस नपरेपछि पूर्वप्राज्ञहरूले नै बाधा–अवरोध सिर्जना गर्ने काम गरेका छन् ।
नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान गठन भएको डेढ महिना बितिसक्यो । तर, सर्वोच्च अदालतमा मुद्दा परेको कारण प्राज्ञहरूले नियमित काम गर्न पाइरहेका छैनन् । विधिसम्मत सो प्रज्ञा–प्रतिष्ठानको गठन भएको भन्दै केही पूर्वप्राज्ञहरूको उक्साहट र आर्थिक सहयोगमा विजय विस्फोट र देशभक्त खनालले सर्वोच्चमा मुद्दा दिएपछि कामकारबाही रोक्न अदालतले आदेश दिएको थियो । फागुन १२ गतेको पेशी १३ गते सरे पनि केही फैसला हुन सकेन र आउँदो फागुन २७ गते पुनः पेशी तोकिएको छ ।
संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानमा विस्फोट र खनाललाई मुद्दा हाल्न उक्साउनेमा पूर्वउपकुलपति शम्भुजित बाँस्कोटाको हात रहेको बताइन्छ । बाँस्कोटा कुलपति बन्ने दौडमा थिए । कुलपति बन्नका लागि उनी एक करोडसम्म खर्च गर्न तयार रहेको सूत्रले दाबी गरेको छ । उनले प्रधानमन्त्रीसमक्ष नै आफ्नो पहुँचसमेत पु¥याइसकेका थिए । तर, मण्डले पृष्ठभूमिका बाँस्कोटालाई कुलपति बनाइन नहुनेमा व्यापक विरोध भएपछि रायनलाई कुलपति बनाइएको थियो । अहिले बाँस्कोटाले नै खर्च बेहोरेर महँगा वकिललाई सो मुद्दामा बहस गर्न लगाइरहेको बताइन्छ ।
नेपाल प्रज्ञा–प्रतिष्ठानको गठनलाई लिएर सर्वोच्च अदालतमा परेको मुद्दाको पनि छिनोफानो भएको छैन । अधिवक्ता सन्तोष भण्डारीले प्रज्ञा–प्रतिष्ठान गठन हुँदा विधागत समावेशी नभएको र प्राज्ञ सभा गठन नै नगरी पदाधिकारीहरू चयन गरेको भन्दै मुद्दा दायर गरेका हुन् । प्रज्ञा–प्रतिष्ठानको ऐनमा ‘प्राज्ञ सभा गठन गरेर त्यस मध्येबाट पदाधिकारीहरू चयन गर्ने’ भन्ने प्रावधान रहे पनि सरकारले प्राज्ञ सभा गठन नै नगरी कुलपतिलगायत पदाधिकारीहरू चयन गरेको थियो । सरकारले असोज २१ गते कुलपतिमा गंगाप्रसाद उप्रेती र सदस्य–सचिवमा जगतप्रसाद उपाध्यायलाई चयन गरेको थियो । त्यसपछि पुस १ गते उपकुलपतिमा डा. जगमान गुरुङलगायत ८ जना प्राज्ञ परिषद् सदस्य नियुक्त गरेको थियो । सुरुमै गठन गर्नुपर्ने प्राज्ञ सभा भने पदाधिकारीहरू चयन गरिसकेपछि भएको थियो । प्रधानमन्त्री, संस्कृति मन्त्री, सिफारिस समितिका सदस्यहरू र प्राज्ञ परिषद् सदस्यहरूलाई विपक्षी बनाई हालिएको सो मुद्दाको पेशी फागुन २७ गते सरेको छ ।
त्यस्तै, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान गठन त्रुटिपूर्ण रहेको भन्दै परेको मुद्दाको पनि टुंगो लागिसकेको छैन । सो प्रज्ञा–प्रतिष्ठान विरुद्ध उपकुलपतिका दावेदार गेहेन्द्रमान अमात्य र पूर्वप्राज्ञ नगेन सिंह ठकुरीले मुद्दा दायर गरेका हुन् । तर, सो प्रज्ञा–प्रतिष्ठान विरुद्ध मुद्दा परे पनि अदालतले कामकारबाही गर्नमा भने रोक लगाएको छैन ।
सम्बन्धित समाचार
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
अर्बौं बजेट थन्कियो, काम सुस्त — प्रदेश सरकारमाथि प्रश्न
-
भ्रमण धेरै, परिणाम थोरै? कृषि मन्त्रालयको अन्तर्राष्ट्रिय सहभागितामाथि प्रश्नचिन्ह
-
नेपालको पहिलो आधुनिक सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी
-
ओली र लेखकमाथि अनुसन्धान जारी, प्रहरीद्वारा भ्रामक सूचना नफैलाउन आग्रह
Leave a Reply