नाथममा ढकालको रजाइँ
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको नेपाल एकेडेमी अफ टुरिज्म एन्ड होटल मेनेजमेन्ट (नाथम) मा कार्यकारी निर्देशक दुर्गादत्त ढकालका बदमासी बढ्दै गएपछि उनलाई गत साता मन्त्रालयमै बोलाएर होटल तथा पर्यटन व्यवसायसँग सरोकार राख्ने दर्जनौं मान्छेसामु चेतावनी दिइएको छ ।
ढकालविरुद्ध गुनासा बढ्दै गएपछि तत्कालीन मन्त्री रवीन्द्र अधिकारीले उनलाई हटाउने तयारी गरेका थिए । तर, यहीबीचमा दुःखद घटना घट्यो । अहिले मन्त्री नभएका बेला कार्यकारी निर्देशक ढकालले कांग्रेसको कार्यकर्ता जसरी गतिविधि तीव्र पारेपछि छलफलका लागि सहसचिव घनश्याम उपाध्यायले गत बुधबार सरोकारवालाहरूसँग छलफल गरेका थिए । त्यहाँ सहसचिव उपाध्यायले नाथमको समस्या समाधान नगरे मन्त्रालयले अर्को स्टेप चाल्ने भन्दै उनलाई हटाउन सक्ने चेतावनी दिएका थिए ।
होटल तालिमसम्बन्धी पढाइ हुने यो कलेजमा भर्ना हुन निकै परिश्रम गर्नुपर्छ । तर, कार्यकारी निर्देशक ढकालले पैसा खाएर विद्यार्थी भर्ना गर्ने गरेको, दोहोरो–तेहेरो सेवासुविधा लिएर लुट मच्चाएको भन्दै त्यहाँको आधिकारिक टे«ड युनियनले विरोध गर्दै आएका थिए । तर आफूमाथि लगाइएको आरोपबारे सत्यतथ्य बताएर समस्याको समाधान खोज्नुपर्नेमा समस्याबाट भाग्ने, आप्mनो विरोध गर्नेहरूलाई काजसरुवा गर्नेजस्ता काम गरेपछि कर्मचारी झन् आन्दोलित भएका थिए । त्यति मात्र होइन, युनियनको माग गर्ने विद्यार्थी र कर्मचारीमाथि उनको आदेशमा कुटपिट भएपछि समस्या मन्त्रालयसम्म पुगेको थियो । आफूलाई एमाले नेताको नजिकको नाता देखाएर जथाभावी गर्दै आएका ढकाल त्यो निकायका लागि कुनै हिसावले सुहाउँदो पात्र नै नभएको भन्दै कर्मचारी र विद्यार्थीले हटाउन माग गरेका छन् । उनी जीवनबहादुर शाही पर्यटनमन्त्री भएका बेला त्यहाँ छिरेका हुन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply