अमेरिका जाँदै प्रचण्ड
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको उपचारका लागि अमेरिका जाने भएका छन् । लामो समयदेखि अस्वस्थ सीताको उपचारका लागि चैत ४ गते प्रचण्ड अमेरिका जान लागेका हुन् । साथमा छोरी गंगा दाहाल पनि अमेरिका जाने बताइएको छ ।
वासिङ्टन डीसीस्थित नेपाली दूतावास स्रोतका अनुसार सीताको उपचार बाल्टिमोरस्थित जोन हप्किन्स अस्पतालमा हुनेछ । प्रचण्ड करिव ११ वर्षपछि अमेरिकाको भ्रमणमा जाँदै छन् । यसअघि सीताको उपचार बैंकक र सिंगापुरमा भए पनि त्यहाँ ठीक हुन नसकेपछि अमेरिका लैजाने तयारी भएको जनाइएको छ । छोरा प्रकाश दाहालको निधनपछि उनको स्वास्थ्य अवस्था कमजोर बनेको पारिवारिक स्रोत बताउँछ ।
भेनेजुएला प्रकरणअघि नै प्रचण्ड अमेरिका जाने तयारी भए पनि व्यस्तताका कारण उनको भ्रमण पछि सरेको थियो । भेनेजुएला प्रकरणपछि कतिपयले उनलाई अमेरिका नजान सुझाव दिए पनि अन्ततः प्रचण्ड अमेरिका जाने निश्चित भएको बताइएको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply