खरिदारको अर्ब सम्पत्ति ?
काठमाडौं । जनसम्पर्क हुने कार्यालयमा भ्रष्टाचार घट्ने होइन, झन् बढेको छ । खुलेआम घुस मागेर सेवाग्राहीलाई दुःख दिने क्रममा कुनै कमी आउन सकेको छैन । नागरिक बडापत्र राखिए पनि त्यसअनुसार काम हुन सकेको छैन । दुई तिहाइको सरकार आए पनि कर्मचारीको बानीमा परिवर्तन हुन सकेको छैन । मन्त्रीको नाममा समेत घुस असुली हुने गरेको छ । खरिदार नायबसुब्बा तहका कर्मचारीले घुस खाएर अर्ब सम्पत्ति जोडेका छन् । ती सम्पत्ति छानबिन गर्ने हो भने कहाली लाग्ने अवस्था छ । यस्तै कहाली लाग्ने सम्पत्ति आर्जन गर्ने खरिदार हुन्, चावहिल मालपोत कार्यालयका लक्ष्मण बस्नेत ।
उनले काठमाडौं उपत्यका मालपोत कार्यालयहरू सबै चहार्दै सरकारी जग्गा गैरकानुनी रूपमा दर्ता गर्नेदेखि छुट जग्गा दर्ता र सेवाग्राहीसँग घुस असुली गरी चावहिलको भत्केको पाटीमा तीन रोपनी क्षेत्रफलमा घर बनाएका छन् । उनले यसका अलावा काठमाडौका धेरै ठाउँमा जग्गा जोडेका छन् भने छोराको नाममा चावहिलकै नमस्ते नेपाल सहकारीमा ५ करोड भन्दा बढी लगानी गरेका छन् । उक्त सहकारीमा उनले छोरालाई कर्मचारी नै राखेका छन् । चावहिल भत्केको पुल क्षेत्रमा कम्तीमा ७० लाख आनाले हिसाब गर्दा पनि ३३ करोड ६० लाखको जग्गा नै हुन आउँछ । त्यसअतिरिक्त उनको धेरै ठाउँमा जग्गा छ । भोजपुरबाट चप्पल लगाएर काठमाडौं झरेका उनी आज यति सम्पत्तिले पनि नपुगेर मालपोत कार्यालयको मुद्दा फाँटमा बसी पचासौं रोपनी छुट जग्गा दर्ता गर्दै घुस असुलीमा तल्लीन छन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्याललाई दिनुपर्छ भन्दै उनले घुस असुली गर्दै आएका छन् । कानुनविपरीत छुट जग्गा दर्ता गरेको आरोपमा गत वर्ष कर्मचारीसहित ५४ जनाविरुद्ध मुद्दा दायर भयो । तर घुस असुली गर्ने मुख्य भूमिका निभाएका खरिदार लक्ष्मण बस्नेत दीप बस्नेतलाई भनसुन गरी उन्मुक्ति पाए । छुट जग्गा दर्तामा उनले नै सबै डिल गरेका थिए । तर मुद्दा भने अरु कर्मचारीबिरुद्ध मात्र दर्ता गरी अख्तियारले बस्नेतलाई उन्मुक्ति दिएको थियो ।
चावहिल मालपोत कार्यालयका प्रमुख कलक खड्कालाई पनि दबाब दिएर उनी कार्यालय सार्दा पनि कमिसन खाने दाउमा छन् । छुट जग्गा दर्तामा करोडौंको हेराफेरी गरेर नपुगी कार्यालय सार्दा पनि उनी घुसको मोलमोलाइमा छन् । कार्यालय सार्न उनले कार्यालय प्रमुख खड्कालाई दबाब दिएको दियै छन् ।
सम्बन्धित समाचार
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
अर्बौं बजेट थन्कियो, काम सुस्त — प्रदेश सरकारमाथि प्रश्न
-
भ्रमण धेरै, परिणाम थोरै? कृषि मन्त्रालयको अन्तर्राष्ट्रिय सहभागितामाथि प्रश्नचिन्ह
-
नेपालको पहिलो आधुनिक सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी
-
ओली र लेखकमाथि अनुसन्धान जारी, प्रहरीद्वारा भ्रामक सूचना नफैलाउन आग्रह
Leave a Reply