असक्षम सहसचिवलाई मन्त्रीकै काख
काठमाडौं । सिंगो मन्त्रालयभरि नै असक्षम भनी चिनिएका एक सहसचिवलाई मन्त्रालयको महŒवपूर्ण महाशाखाको जिम्मेवारी दिने तयारीस्वरूप कृषि तथा पशुपन्छी विकास मन्त्रालयको माथिल्लो तहका कर्मचारीहरूको सरुवा र हेरफेर गरिएको छ । आफूलाई पूर्वमाओवादी केन्द्रनिकट भनी चिनाउने सहसचिव तेजबहादुर सुवेदीलाई योजना महाशाखाको प्रमुख बनाउने गरी सहसचिव तहका कर्मचारीहरूको सरुवा गरिएको हो ।
अहिले सो मन्त्रालयको कृषि विकास महाशाखाको प्रमुख रहेका सहसचिव सुवेदीलाई योजना महाशाखाको प्रमुख बनाउने हेतुले सो महाशाखा हेरिरहेका सहसचिव योगेन्द्रकुमार कार्कीलाई अन्यत्रै सरुवा गरिएको छ । सहसचिव कार्कीलाई ३ नम्बर प्रदेशको सचिव बनाएर पठाइएको छ । सहसचिव सुवेदीलाई योजना महाशाखामा ल्याउनका लागि मन्त्री चक्रपाणि खनालले मुख्यसचिव लोकदर्शन रेग्मी र प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सल्लाहकार विष्णु रिमालसँग लबिइङ गरी सहसचिव कार्कीलाई ३ नम्बर प्रदेशमा सरुवा गरेको बुझिएको छ ।
योजना महाशाखामा ल्याउन लागिएको सहसचिव सुवेदी मन्त्रालयभित्र भने असक्षम र आर्थिक चलखेलमा बढी नै ध्यान दिने कर्मचारीका रूपमा चिनिन्छन् । विगतमा मन्त्रालयभित्रकै विभिन्न आयोजनाहरूमा कार्यरत रहँदा उनले थुप्रै अनियमित कार्य गरेको बताइन्छ । विगतमा कृषि तथा खाद्य सुरक्षा आयोजनाको आयोजना प्रमुख हुँदा उनले थुप्रै अनियमितता गरेको जनाइन्छ । विश्व बैंकको सहयोगमा सञ्चालित उक्त आयोजनाको गाडी खरिद, मेसिन खरिद र अन्न भण्डारणका लागि चाहिने हर्मेटिक ब्याग किन्दा उनले लाखौं अनियमितता गरेको सूत्रको दाबी छ ।
सहसचिव सुवेदीले कालीमाटी फलफूल तथा तरकारी बजारका बिचौलियाहरूलाई पनि प्रश्रय दिँदै आइरहेका छन् । कालीमाटीको सटर व्यापारीहरूले लामो समयदेखि कब्जा गरी आफूखुसी तरकारीको मूल्य तोक्दै र बेच्दै आइरहेकोमा मन्त्री खनालले ती बिचौलियाहरूलाई हटाउन निर्देशन दिएका थिए । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादव आफ्नो मन्त्रालय मातहतको वाणिज्य विभागका कर्मचारीहरूलाई कालीमाटीका व्यापारीहरूले थुनेपछि आफै छुटाउन गएका थिए । त्यसपछि मात्रै मन्त्री खनाल कालीमाटीका बिचौलियाहरूलाई कारबाही गर्न तयार देखिएका थिए । तर, मन्त्री खनालको निर्देशन पाए पनि सहसचिव सुवेदीको असक्षमताका कारण अहिलेसम्म पनि कालीमाटीको ५९ वटा सटरहरूमा तिनै व्यापारीहरूले कब्जा जमाउँदै आएका छन् भने ती व्यापारीहरूले महिनौंसम्म सरकारलाई तिर्नुपर्ने भाडासमेत बुझाइरहेका छैनन् । सहसचिव सुवेदी कालीमाटी फलफूलको अध्यक्षसमेत भएका हुँदा उनले चाहेको खण्डमा बिचौलियाहरूलाई हटाउन सक्थे । तर, अहिलेसम्म पनि बिचौलियाहरूलाई नहटाई उनले संरक्षण गर्दै आइरहेको बताइन्छ ।
मन्त्री खनालले पनि सहसचिव सुवेदीको सबै क्रियाकलाप थाहा पाए पनि आँखा चिम्लेर बसेका छन् । अझ, पछिल्लो समय त उनलाई योजनाजस्ता महŒवपूर्ण महाशाखाको जिम्मेवारी दिने तयारीसमेत गरेकोमा मन्त्रालयका कर्मचारीहरू नै चकित परेका छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply