वैदेशिक रोजगारमा उही नियति
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभाग बुद्धनगरमा कार्यरत नायब सुब्बा रामकुमार फुयाँललाई ६० हजार घुस लिएको आरोपमा रकमसहित नियन्त्रणमा लिएको छ ।
वैदेशिक रोजगारको लेनदेनको कागजमा साक्षी बसेका सेवाग्राहीलाई निजविरुद्ध उजुरी परेको र पक्राउ पुर्जी जारी गरिदिन्छु भन्दै पटकपटक कार्यालयमा बोलाएर डरधम्की देखाई सेवाग्राहीसँग घुस मागेको अख्तियारले आरोप लगाएको छ ।
नासु फुयाँलले सेवाग्राहीसँग ६० हजार घुस लिएर जोरपाटी चोकमा फलफूल पसल गर्ने ध्रुव खड्कालाई राख्न दिएका थिए । केही समयपछि उनै खड्कासँग उक्त घुसबापतको रकम लिँदै गर्दा उनीहरू दुवै जनालाई गोकर्णेश्वर नगरपालिका–५ जोरपाटी चोकस्थित सापकोटा मिठाई भण्डारबाट बिहीबार साँझ नियन्त्रणमा लिइएको हो ।
पछिल्लो समय श्रम तथा रोजगारमन्त्री गोकर्ण विष्टले यो क्षेत्र सुधारका लागि प्रयास गरेपनि उनकै सचिवालका सदस्यहरू भने उनलाई बदनाम गर्न लागिपरेका छन् । अहिले विभागअन्तर्गतका विभिन्न तहका कर्मचारीहरूले ठगी, अनियमितता तथा घुसखोरी पनि मन्त्रीको सचिवालयकै कर्मचारीको आडमा गर्ने गरेका छन् ।
मन्त्रालयकै निजी सचिवालयमा रहने व्यक्तिले संरक्षण गरेका कारण कहिले वैदेशिक रोजगार कार्यालय ताहाचल काठमाडौंमा त कहिले विभागमै रंगेहात घुससहित कर्मचारीहरू पक्राउ पर्न थालेको बताइन्छ । विभागका नायवसुब्बा फुयाँल घुस प्रकरणमा पर्दा पनि उनले मन्त्रीका निजी सचिवालयका शाखा अधिकृत प्रकाश पन्थीको नाम खुलासा गरेका थिए ।
माथिसम्म घुस पु¥याउनुपर्ने बाध्यताले आफूहरूले घुस खानुपरेको उनले साथीभाइलाई बताउँदै हिँडेका छन् । गुल्मीस्थित मन्त्रीकै निर्वाचन क्षेत्रका उनी गोकर्णमन्त्री भएदेखि नै सचिवालयमा आएका हुन् । उनले नै मन्त्रालयका कर्मचारीहरूलाई कसलाई कहाँ पठाउने भनेर खटनपटन गर्छन् ।
अधिकृत पन्थीकै जोडबलमा वैदेशिक रोजगार विभागअन्तर्गत काठमाडौं कार्यालय ताहाचलमा उपसचिवलाई निमित्त दिएर राखिएको छ । त्यहाँ आउन अन्य सहसचिवहरू राजी नै भए पनि झापा घर भएका देवेन्द्र कार्कीलाई घुसको सेटिङ मिलाउन नै निमित्त दिएर राखिएको बताइन्छ । निमित्त प्रमुख कार्की र शाखा अधिकृत पन्थी न्यायसेवामा नासु हुँदा सँगै थिए ।
ताहाचल कार्यालयमा विभिन्न शाखाहरूबाट तलैबाट कार्यालय प्रमुखलाई बुझाउनुपर्छ भन्दै सेवाग्राहीसँग नियमित रूपमा रकम उठाउने गरिएको छ । त्यतिबेला ‘अर्को हाकिमलाई पनि’ भन्दै रकम उटाउने गरिएको र सो रकम उनै पन्थीलाई छुट्ट्याइने गरिएको कर्मचारीहरू बताउँछन् । पन्थीका निकट व्यक्तिहरूबाट जतिसुकै अनियमितताको काम भए पनि निजी सचिव प्रकाश पन्थीले ढाकछोप गर्दै आएको बताइन्छ । कार्यालयमा व्यावसायिक छवि भएका र घुसको सेटिङ संलग्न हुन नचाहने कर्मचारीहरू भने आएको छोटो समयमै त्यहाँबाट निस्कन बाध्य हुने गरेको बताइन्छ ।
विभागका महानिर्देशक दिलीपकुमार चापागाईं पनि पीए पन्थीका अगाडि निरीह बन्ने गरेको बताइन्छ । त्यस्तै विभागका प्रशासन शाखाका निर्देशक भोलानाथ गुरागाईं पनि अनियमितता ढाकछोप गर्ने धन्दामा संलग्न भएको बताइएको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply