जुत्तामेलामा ग्राहक ठगिँदै
काठमाडौं । भृकुटीमण्डपमा भइरहेको जुत्ताहरूको महाकुम्भ मेलामा व्यापक ठगी भएको छ । ठगी भएको भन्दै सयौं उपभोक्ताहरू गुनासो गर्दै हिँडेका छन् । जुत्ताहरूको महाकुम्भ मेलामा जुत्ता किनेपछि वारेन्टी बिल पाए पनि त्यसमा दिएको बिलमा गलत फोन नम्बर राख्ने गरिएको भेटिएको छ ।
‘नेपाली जुत्ताचप्पल प्रयोग गरौं, स्वदेशी उत्पादनमा गर्व गरौं’ भन्ने नाराका साथ भृकुटीमण्डपमा ‘महासेल महाकुम्भ जुत्ता मेला’ आयोजना गर्ने गरिए पनि अधिकांश जुत्ताहरू ड्यामेज र नबिकेका वर्षौं पुराना जुत्ताहरू भएको बुझिएको छ । केही नयाँ जुत्ता अगाडि देखाएर राखेर सो प्रदर्शनमार्फत राखिएका केही जुत्ता कम्पनीहरूले भने ग्राहकलाई झुक्याइरहेको पाइएको छ ।
मेलामा जाने ग्राहकलाई ‘६ महिनाको वारेन्टी, ‘नेपाली ब्रान्डका सामान हुन्, हाम्रो आफ्नै उत्पादन हो’ आदि चिल्ला कुरा गरेर ग्राहकलाई जुत्ता–चप्पल किन्न आकर्षित गर्ने गरिएको पाइएको छ । तर, ग्राहकले किनेको जुत्ता चप्पलको न कुनै वारेन्टी हुन्छ, न त बिक्रेताले भने जस्तो ग्राहकले सुविधा नै पाउँछन् । एक ग्राहकले वेलकम सुज स्टोर्सको जुत्ता १७ सय तिरेर खरिद गरेका थिए । जसमा ६ महिनाको वारेन्टी पनि भनिएको थियो ।
तर, ती ग्राहकका केही दिनमा नै लाउन नमिल्ने गरी सोल खुस्कियो । बिल बोकेर भृकुटीमण्डपमा मेला लागेको ठाउँमा गुनासो गरे । मेलामा रहेका बिक्रेताले बिलमा भएको फोन नम्बरमा फोन गरेर ल्याइदिनुहोला, हामी बनाइदिन्छौ भनेर फर्काइदिए । तर, उक्त फोन नम्बरमा कहिल्यै फोन नलाग्ने पीडितको गुनासो छ । चैत महिनाभरि लाग्ने सो ‘महासेल महाकुम्भ जुत्ता मेला’ आठवटा जुत्ता कम्पनी आफ्ना उत्पादनहरू बिक्री वितरणमा राखेका छन् । त्यसमध्ये वेलकम सुज स्टोर्सले भने ग्राहकलाई वारेन्टी दिने नाममा दुःख दिने गरेको छ । वेलकम सुजको काठमाडौंको पुतलीसडकसहित केही स्थानमा र देशका अन्य ठाउँमा पनि शाखा रहेको छ । स्वाभाविकै रूपमा स्वदेश उत्पादन प्रयोग गर्नुपर्छ । त्यही भएर पनि भृकुटीमण्डपमा मेला लाग्दा भीड लाग्ने गर्छ । तर, यस प्रकारको हेल्चेक्र्याइँले भने नेपाली उत्पादनसँग विश्वास घट्दै गइरहेको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply