तीन वर्षपछि बल्ल विभाग गठनको कुरा
काठमाडौं । नेपाली कांग्रेसको विधानमा महाधिवेशन भएको दुई महिनाभित्र केन्द्रीय विभागहरू गठन गर्नुपर्ने उल्लेख छ । तर लाजमर्दो कुरा कांग्रेसको चौधौं महाधिवेशन सकिएको गत फागुनमा ती वर्ष पूरा भएको छ । तीन वर्षपछि बल्ल गत सोमबार मात्र कांग्रेसका शीर्ष नेताहरूबीच विभाग गठनको विषय अनौपचारिक छलफलमा प्रवेश गरेको छ ।
पार्टीभित्र चर्कंदो विवाद समाधानका निम्ति सभापति शेरबहादुर देउवाले सोमबार आफ्नै निवास बूढानीलकण्ठमा डाकेको शीर्ष नेताको अनौपचारिक बैठकमा विभाग गठनको कुरा प्रवेश पाएको हो । पार्टीको सबैभन्दा महŒवपूर्ण निकाय मानिने २९ केन्द्रीय कार्यसम्पादन समिति त गठन हुन नसकेको बेला विभाग गठन गर्ने त धेरै टाढाको कुरा भएको बताइन्छ । महाधिवेशनलगत्तै कार्यसम्पादन समिति गठन गरिएको भएपनि त्यहाँ शीर्ष नेताहरू छुटेको भन्दै विरोध भएपछि त्यसलाई भंग गरिएको थियो । खासमा केन्द्रीय कार्यसमितिको समस्या शेखर कोइरालासँग जोडिएको बताइन्छ । अघिल्लोपटक सो समितिमा उनी परेका थिएनन् । शीर्षनेतालाई कार्य सम्मपादन समितिमा राख्दा संस्थापन समूह अल्पमतमा पर्ने र संस्थापन समूहको बहुमत पु¥याउँदा शीर्ष नेता छुट्ने समस्याले गर्दा कार्यसम्पादन गठन गर्न नसकिएको बताइन्छ । कार्यसम्पादन २९ सदस्यीय हुन्छ । जसमा कार्यसमितिका अनिवार्य हुन्छन् । २९ मध्ये देउवाले रामचन्द्र पौडेल समूहलाई ११ दिएर आफूले १८ राख्न चाहेका छन् । पौडेल समूहले ११ पाउँदा पदाधिकारी पौडेलबाहेक महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव पर्ने नै भए । बाँकी आठ जना गर्दा पौडेल समूहका वरिष्ठ छुट्ने तथा संस्थापन समूहका कनिष्ठले समेटिने गर्दा समस्याको गाँठो कसिएको हो । एक नेताले भने, ‘वरिष्ठ नेता जति पौडेल समूहमा छन्, काम गर्न सजिलोका लागि पनि संस्थापन समूहको बहुमत हुनुपर्छ, अनि कसरी कुरा मिल्छ ?’
केन्द्रीय सदस्यको वरियताको विवाद पनि सुल्झेको छैन । वरिष्ठ नेताहरू वरीयतामा तल राखिएको भन्दै केन्द्रीय सदस्यहरूले असन्तुष्टि जनाउँदै आएका छन् । त्यति मात्र होइन, नेतृत्वविरुद्ध जिल्ला सभापतिहरूले भेला गरेर महासमिति बैठकको निर्णय बहुमतको बलमा केन्द्रीय कमिटीले उल्ट्याएको मा विरोध गर्दै त्यसलाई सच्याउन माग गरेका छन् । त्यो निर्णय नसच्याउने हो भने विशेष महाधिवेशन बोलाउने चेतावनी उनीहरूले दिएका छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply