डाक्टरहरू झनै आक्रोशित
काठमाडौं । ६ दिनयता आन्दोलनमा उत्रिएका सरकारी चिकित्सकहरूलाई कारबाही गर्ने चेतावनी स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले दिएपछि चिकित्सकहरू झन् आक्रोशित बन्न पुगेका छन् । कर्मचारी समायोजनप्रति असन्तुष्टि जनाएर आन्दोलित भएका चिकित्सकहरूलाई वार्तामा बोलाउनुको साटो उल्टै कारबाही गर्ने चेतावनी दिएपछि समस्या झनै चर्केर जाने देखिएको छ ।
केही दिनअघि सामान्य प्रशासन मन्त्रालयले सरकारी चिकित्सकहरूको समायोजनको सूची सार्वजनिक गरेपछि चिकित्सकहरूले आन्दोलन थालेका हुन् । ६ दिनयता सरकारी चिकित्सकहरूले आकस्मिक बाहेक सबै सेवा बहिष्कार गरी आन्दोलन थालेका छन् । अहिले देशैभरि १४ सय सरकारी चिकित्सकहरू रहेका छन् । चिकित्सकहरू आन्दोलनमा उत्रिएपछि सरकारी अस्पतालमा सेवा लिन चाहनेहरूलाई मर्का परेको छ ।
सरकारी चिकित्सकहरूले कर्मचारी समायोजन अवैज्ञानिक र अविवेकी रहेको बताउँदै आएका छन् । निजामती कर्मचारीहरूलाई एक तह बढुवा गरेर समायोजन गरेकोप्रति चिकित्सकहरूले आपत्ति जनाउँदै आएका छन् । निजामती र चिकित्सकबीच सरकारले विभेद गरेको आरोप उनीहरूले लगाएका छन् । त्यस्तै, समायोजन अन्यायपूर्ण रहेको पनि चिकित्सकहरूले ठहर गरेका छन् । सरकारी चिकित्सक संघ, नेपालका अध्यक्ष डा. दीपेन्द्र पाण्डेले भने, ‘स्थानीय तहमा समायोजन हुँदा हामीलाई आफूभन्दा कनिष्ठको मातहत रहनुपर्ने अवस्था सिर्जना गरियो । निजामतीतिर सातौं तहका कर्मचारी प्रशासकीय अधिकृत हुने र हामी आठौं–नवौं तहका कर्मचारीचाहिँ उनीहरूको मातहतमा बस्नुपर्ने अवस्था आयो । यस्तो अन्यायपूर्ण समायोजन हामी मान्दैनौं ।’
एउटा प्रदेशमा समायोजन भएर गएपछि अर्को प्रदेशमा जान नपाउने व्यवस्था गरिएको हुँदा त्यो अवैज्ञानिक भएको डा. पाण्डेले बताए । उनले भने, ‘यस्तो अवैज्ञानिक, अविवेकी र अन्यायपूर्ण समायोजन हामी मान्दैनौं । र, हामीलाई स्वास्थ्य मन्त्रीले कारबाही गर्ने चेतावनी दिनुभएको छ । हामी जस्तोसुकै कारबाही भोग्न तयार छांै । हामी खल्तीमा राजीनामा बोकेर हिँडेका छौं, जुनसुकै बेला सामूहिक राजीनामा दिन तयार छौं ।’
सम्बन्धित समाचार
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
अर्बौं बजेट थन्कियो, काम सुस्त — प्रदेश सरकारमाथि प्रश्न
-
भ्रमण धेरै, परिणाम थोरै? कृषि मन्त्रालयको अन्तर्राष्ट्रिय सहभागितामाथि प्रश्नचिन्ह
-
नेपालको पहिलो आधुनिक सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी
-
ओली र लेखकमाथि अनुसन्धान जारी, प्रहरीद्वारा भ्रामक सूचना नफैलाउन आग्रह
Leave a Reply