गृहसचिवले भतिजी च्याप्दा….
काठमाडौैं । गृह मन्त्रालयका सचिव प्रेमकुमार राईको हस्तक्षेपका कारण प्रहरी नायब निरीक्षक (सई) को बढुवा नै रोकिन पुगेको छ । गृहसचिव राईले सई दर्जाकी आफ्नी भतिजी सपना राईलाई बढुवा गर्न दबाब दिँदै आएका छन् । तिनै भतिजी सपना बढुवामा नपर्ने भएपछि सईबाट इन्सपेक्टरको बढुवा रोकिएको छ । गृहसचिव राईको दबाबका कारण एक महिनाअघि हुनुपर्ने सईहरूको बढुवा हुन सकेको छैन । आइजीपी सर्वेन्द्र खनालले गृहसचिव राईकी भतिजीलाई बढुवा गर्दा संगठनभित्र असन्तुष्टि बढ्ने भएका कारण पनि फाइल अगाडि बढाउन सकेका छैनन् ।
फाइल बढुवाबाट हुने इन्सपेक्टरका ५४ वटा दरबन्दी रिक्त छन् । त्यसमा ज्येष्ठताका आधारमा बढुवा गर्ने प्रचलन छ । तर सबै विधि मिचेर आफ्नी भतिजी बढुवा गर्न दबाब दिएका कारण आइजीपी खनाल चेपुवामा परेका छन् । र, उनले बढुवाको प्रक्रिया नै अगाडि बढाउन सकिरहेका छैनन् ।
त्यसैगरी गृहसचिव राईले एसपीबाट एसएसपी बढुवामा पनि टेकप्रसाद राईलाई २ नम्बरमा ल्याउन दबाब दिएका थिए । उनीभन्दा धेरै काबिल र सिनियर एसपी हुँदाहुँदै पनि उनलाई २ नम्बरमा ल्याउने भूमिका उनै राईको थियो ।
त्यसैगरी प्रहरी प्रधान कार्यालय कर्मचारी प्रशासन शाखाको प्रमुखमा चन्द्रकुवेर खापुङलाई ल्याए । त्यतिले नपुगी उनलाई अबको सरुवामा चितवन वा पर्साको एसपी बनाउने उनको दाउ छ । प्रहरी निरीक्षक राजकुमार राईलाई बूढानीलकण्ठ प्रभाग र रामकुमार राईलाई बेलबारी इलाका प्रहरी कार्यालयमा सरुवा गराउन पनि उनैले भूमिका खेलेका थिए ।
सम्बन्धित समाचार
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
अर्बौं बजेट थन्कियो, काम सुस्त — प्रदेश सरकारमाथि प्रश्न
-
भ्रमण धेरै, परिणाम थोरै? कृषि मन्त्रालयको अन्तर्राष्ट्रिय सहभागितामाथि प्रश्नचिन्ह
-
नेपालको पहिलो आधुनिक सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी
-
ओली र लेखकमाथि अनुसन्धान जारी, प्रहरीद्वारा भ्रामक सूचना नफैलाउन आग्रह
Leave a Reply