कुम्ल्याउन नपाएपछि खाता रोक्का
काठमाडौं । आफूले कुम्ल्याउन नपाएपछि अवकाश पाउने बेलामा एकजना सहसचिवले भाषा आयोगको खाता नै रोक्का गरेर बिदा लिएका छन् । त्यस्तो हर्कत गर्ने व्यक्ति हुन्, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट केही महिनाअघि सरुवा भएर गएका भाषा आयोगका सहसचिव लालजंग चौहान । आयोगमा पाँच महिनासम्म जिम्मेवारी पाएपछि उनी गएको चैत २६ गते अनिवार्य अवकाश पाएर बिदा भएका छन् ।
पछिल्लो समय सरकारले लोपोन्मुख भाषा–भाषिकाहरूको संरक्षण, संवद्र्धन र विकास गर्ने उद्देश्यले आयोग गठन गरी त्यस दिशामा कार्य गर्दै आएको थियो । देशको विभिन्न भागमा विभिन्न जातजातिले बोल्ने भाषा लोपोन्मुख भइरहेको बेला त्यसको संरक्षण र संवद्र्धन गर्ने हेतुले आयोग स्थापना गरिएको हो । सो आयोगको सदस्य–सचिवमा पछिल्लो समय सहसचिव चौहानलाई जिम्मेवारी दिइएको थियो ।
तर, जिम्मेवारी सम्हालेपछि सदस्य–सचिव चौहानले आयोगको बजेटमा तर मार्न निकै प्रयत्न गरेका थिए । जागिरको अवधि सकिन लागेको हुँदा उनलाई बिदा हुने बेला कमाउनैपर्ने बाध्यता रहेको बताइन्छ । कर्मचारी सञ्चय कोषबाट ऋण लिएको ४० लाख रुपैयाँ तिर्नुपर्ने भएको हुँदा उनले आयोगबाट केही रकम कमाउने दाउ रचेका थिए । सोही क्रममा उनले विभिन्न ३६ वटा भाषाको अभिलेखीकरण गर्न छुट्ट्याइएको १ करोड २० लाख रुपैयाँ बजेटमा आँखा लगाउन पुगेका थिए । तर, आफूले सोचेजस्तो गरी उनले त्यो शीर्षकको बजेटमा तर मार्न पाएनन् ।
सदस्य–सचिव चौहानले विभिन्न भाषाबारे अनुसन्धान गर्न विज्ञहरू खटाउने कार्यमा पनि पटकपटक अड्को थाप्दै आएको बताइन्छ । कुनै पनि भाषाबारे अध्ययन–अनुसन्धान गर्न सोही भाषा जानेका व्यक्तिलाई जिम्मेवारी दिने वा कुनै भाषाविद्लाई जिम्मेवारी दिने भन्नेमा सदस्य–सचिव चौहान र आयोगका अरू कर्मचारीबीच विवादसमेत भएको बुझिएको छ ।
आयोगमा रहँदा आफूले सोचेजस्तो गरी कमाउन नभएपछि अवकाश पाउने बेलामा भने सदस्य–सचिव चौहानले आयोगको खाता नै रोक्का गरेका छन् । आयोगको जिम्मेवारीमा आउँदा आयोगको वार्षिक बजेट बाँडफाँट भइसकेको हुँदा उनले सोचेजस्तो गरी कमाउन नपाएको सूत्रको दाबी छ । पहिला अरू कार्यालयहरूको जिम्मेवारीमा हुँदा आर्थिक अनियमिततामा मुछिएका चौहानले आयोगमा आएर कमाउन नपाएपछि अवकाश पाउने बेला खाता रोक्का गरेको बताइन्छ । उनले महालेखा परीक्षकको कार्यालय, कोष तथा लेखा नियन्त्रण कार्यालयलगायतमा पत्र लेखेर खाता रोक्का गर्न लगाएका थिए । चौहानले खाता रोक्का गर्न लगाएपछि अहिले आयोगले काम गर्न पाइरहेको छैन । चौहानले अवकाश पाए पनि नयाँ सदस्य–सचिव नियुक्त नहुँदा आयोगको काम नै प्रभावित बन्न पुगेको बताइन्छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply