एकीकरणको बाँकी काम अन्तिम चरणमा
काठमाडौं । एकीकरण प्रक्रियामा जटिल मानिएको जिल्ला नेतृत्वको टुंगो लागेलगत्तै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नेतृत्वले बाँकी काम एक साताभित्रै टुंग्याउनेगरी अन्तिम गृहकार्य गरेको छ ।
सोमबारै सचिवालय बैठकबाट पोलिटब्युरो गठन र जनसंगठनको एकीकरण टुंग्याउने तयारी थियो । तर, वरिष्ठ नेता माधवकुमार नेपाल पारिवारिक कामको सिलसिलामा अमेरिका प्रस्थान गरेकाले एकीकरण प्रक्रियाको बाँकी काम केही दिन पर धकेलिएको छ । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाल शनिबार स्वदेश फर्किएलगत्तै सचिवालयबाट पोलिटब्युरो गठन र जनसंगठनको एकता टुंग्याउने शीर्ष तहको समझदारी छ । अध्यक्ष केपी ओलीले वरिष्ठ नेता नेपालसँग आइतबार लामो कुराकानी गरेका थिए । पूर्वएमालेबाट ८१ र पूर्वमाओवादीबाट ६६ जना रहनेगरी सिनियरिटीका आधारमा पोलिटब्यूरो गठन गर्नेगरी सूचि तयार भइसकेको छ । उक्त सूचिमा प्रदेश पदाधिकारीहरूमध्ये २४ जना मात्रै समावेश रहेकाले बाँकी चारजनालाई पनि समेट्ने कि नसमेट्ने विषय मात्र नेताहरूबीच टुंगिन बाँकी रहेको बताइएको छ । साबिक कमिटीमा रहेकाबाहेक वरिष्ठताका आधारमा चयन गर्दा केही प्रदेश पदाधिकारी पोलिटब्युरोको सूचीमा परेका छैनन् । तर, प्रदेश कमिटीमा केन्द्रीय सदस्यहरूसमेत स्वतः पदेन सदस्य रहेकाले सूचीमा नपरेका प्रदेश पदाधिकारीलाई पनि वरीयतामा माथि रहनेगरी पोलिटब्युरोमा समेट्ने कि नसमेट्ने द्विविधा उत्पन्न भएको बताइएको छ । विधान र वरिष्ठताको मापदण्डभित्र उनीहरू सूचिमा पर्दैनन् तर जिल्ला ईन्चार्ज नै पोलिटब्यूरो सदस्यलाई बनाउने र केन्द्रीय सदस्यहरू प्रदेश सदस्यसमेत रहने भएकाले कसरी गाँठो फुकाउने भन्ने अप्ठ्यारो देखिएको सचिवालय स्रोतले जनाएको छ ।
उता, जनसंगठनहरूमध्ये युवा, विद्यार्थी, महिला, मजदुर, किसान, पेसागत महासंघ नेपालजस्ता संगठनको भागबन्डा पनि करिब–करिब टुंगो लागिसकेकाले ढिलाई गर्न नहुने पक्षमा नेताहरू देखिएका छन् । यद्यपि, जिल्ला एकीकरणकै मापदण्ड जनसंगठनमा लागू गर्ने कि नगर्ने नेताहरूबीच मतैक्य भइनसकेको बताइएको छ ।
सम्बन्धित समाचार
- आज तीन मन्त्रीले शपथ लिँदै
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- एमालेले पुस ८ गते पत्रकार सम्मेलन गर्ने
- भारतमा ९२ सांसद निलम्बित
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
- एमालेको ‘संकल्प यात्रा’ आज पोखरा पुग्ने
- सुर्खेतमा आज एमालेको जनसभा
- ‘मंसिर ३० मा समानान्तर सरकार, फागुन १ मा गणतन्त्र फाल्छौं’ ः दुर्गा प्रसाई
Leave a Reply