एकीकरणको बाँकी काम अन्तिम चरणमा
काठमाडौं । एकीकरण प्रक्रियामा जटिल मानिएको जिल्ला नेतृत्वको टुंगो लागेलगत्तै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नेतृत्वले बाँकी काम एक साताभित्रै टुंग्याउनेगरी अन्तिम गृहकार्य गरेको छ ।
सोमबारै सचिवालय बैठकबाट पोलिटब्युरो गठन र जनसंगठनको एकीकरण टुंग्याउने तयारी थियो । तर, वरिष्ठ नेता माधवकुमार नेपाल पारिवारिक कामको सिलसिलामा अमेरिका प्रस्थान गरेकाले एकीकरण प्रक्रियाको बाँकी काम केही दिन पर धकेलिएको छ । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाल शनिबार स्वदेश फर्किएलगत्तै सचिवालयबाट पोलिटब्युरो गठन र जनसंगठनको एकता टुंग्याउने शीर्ष तहको समझदारी छ । अध्यक्ष केपी ओलीले वरिष्ठ नेता नेपालसँग आइतबार लामो कुराकानी गरेका थिए । पूर्वएमालेबाट ८१ र पूर्वमाओवादीबाट ६६ जना रहनेगरी सिनियरिटीका आधारमा पोलिटब्यूरो गठन गर्नेगरी सूचि तयार भइसकेको छ । उक्त सूचिमा प्रदेश पदाधिकारीहरूमध्ये २४ जना मात्रै समावेश रहेकाले बाँकी चारजनालाई पनि समेट्ने कि नसमेट्ने विषय मात्र नेताहरूबीच टुंगिन बाँकी रहेको बताइएको छ । साबिक कमिटीमा रहेकाबाहेक वरिष्ठताका आधारमा चयन गर्दा केही प्रदेश पदाधिकारी पोलिटब्युरोको सूचीमा परेका छैनन् । तर, प्रदेश कमिटीमा केन्द्रीय सदस्यहरूसमेत स्वतः पदेन सदस्य रहेकाले सूचीमा नपरेका प्रदेश पदाधिकारीलाई पनि वरीयतामा माथि रहनेगरी पोलिटब्युरोमा समेट्ने कि नसमेट्ने द्विविधा उत्पन्न भएको बताइएको छ । विधान र वरिष्ठताको मापदण्डभित्र उनीहरू सूचिमा पर्दैनन् तर जिल्ला ईन्चार्ज नै पोलिटब्यूरो सदस्यलाई बनाउने र केन्द्रीय सदस्यहरू प्रदेश सदस्यसमेत रहने भएकाले कसरी गाँठो फुकाउने भन्ने अप्ठ्यारो देखिएको सचिवालय स्रोतले जनाएको छ ।
उता, जनसंगठनहरूमध्ये युवा, विद्यार्थी, महिला, मजदुर, किसान, पेसागत महासंघ नेपालजस्ता संगठनको भागबन्डा पनि करिब–करिब टुंगो लागिसकेकाले ढिलाई गर्न नहुने पक्षमा नेताहरू देखिएका छन् । यद्यपि, जिल्ला एकीकरणकै मापदण्ड जनसंगठनमा लागू गर्ने कि नगर्ने नेताहरूबीच मतैक्य भइनसकेको बताइएको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply