आफ्नैलाई पन्छाउँदा यस्तो दुर्दशा
काठमाडौं । पर्यटन व्यवसायीलाई प्रमुख जिम्मेवारी दिनुपर्नेमा एक प्रतिष्ठित व्यापारीलाई संयोजक बनाइएपछि नेपाल भ्रमण वर्ष–२०२० ले अपेक्षाकृत रूपमा गति लिन सकेको छैन । २० लाख पर्यटक भिœयाउने लक्ष्य बोकेर सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रूपमा घोषणा गरेको थियो र सो भ्रमण वर्षको संयोजकमा आठ महिनाअघि प्रतिष्ठित उद्योगपति सुरज वैद्यलाई तोकेको थियो ।
संयोजकमा वैद्यलाई तोकेपछि सत्तारूढ नेकपामा आबद्ध पर्यटन व्यवसायीहरूले सुरुदेखि नै विरोध जनाउँदै आएका छन् । पर्यटन क्षेत्रसँग कुनै साइनो नै नभएका वैद्यलाई संयोजक तोकेपछि पर्यटन व्यवसायीहरूले सो निर्णय सच्याउन सरकारलाई अनुरोध नगरेका होइनन् । तर, आफ्नै पार्टीसम्बद्ध पर्यटन व्यवसायीहरूको आग्रहलाई सरकारले नसुनेको बताइन्छ । वैद्य पर्यटन व्यवसायीभन्दा पनि टोयटाको नेपालको आधिकारिक विक्रेता हुन् । गाडीको विक्रेताबाहेक उनको अरू धेरै क्षेत्रमा समेत लगानी रहेको छ ।
नेपाल भ्रमण वर्ष–२०२० लाई भव्य र सफल तुल्याउन सरकारले चालू आर्थिक वर्षमा १० करोड रुपैयाँ बजेटसमेत छुट्ट्याएको थियो । तर, आर्थिक वर्ष सकिन लाग्दासमेत सो बजेटको १० प्रतिशत कामसमेत हुन सकेको छैन । बैठकलगायत सामान्य कामहरूमा खर्च हुँदा करिब १ करोडजति मात्र खर्च भएको बताइन्छ । नेपाल भ्रमण वर्ष–२०२० को कार्यालय केशर महलमा खडा गरे पनि सीमित कर्मचारीको कारण कुनै काम अघि बढ्न नसकेको बताइन्छ ।
पर्यटन व्यवसायीहरूले नेपाल भ्रमण वर्ष–२०२० को संयोजकमा पर्यटन क्षेत्र नबुझेका एक व्यापारीलाई नियुक्त गरेकोमा तीव्र विरोध जनाउँदै आएका त छन् नै, पर्यटन क्षेत्रको विकास एवं पर्यटकहरूलाई आकर्षित तुल्याउने हेतुले स्थापित नेपाल पर्यटन बोर्डको भूमिकालाई पनि खुम्च्याउन खोजिएकोमा असन्तुष्ट देखिएका छन् । यसअघि सन् १९९८ मा ५ लाख पर्यटक भिœयाउने लक्ष्य लिएर गरिएको भिजिट नेपाल, १० लाख पर्यटक भिœयाउने लक्ष्य लिएको सन् २०११ को भिजिट नेपालको संयोजन भने पर्यटन बोर्डले नै गरेको थियो । तर, सन् २०२० को नेपाल भ्रमण वर्षमा भने बोर्डलाई भूमिकाविहीन बनाउँदै बेग्लै संरचना र कार्यालय खडा गरी काम हुँदै आएको छ ।
पछिल्ला दुई वर्षयता नेपाल भित्रिने पर्यटकहरूको संख्या वृद्धि हुँदै गएको छ । गएको वर्ष हवाईमार्गबाट १२ लाख पर्यटक भित्रिएका थिए । तर, स्थलमार्गबाट आउने पर्यटकहरूको गणना गर्ने कार्य नगरिने भएको हुँदा त्योभन्दा धेरै संख्यामा पर्यटकहरू भित्रिएको बताइन्छ । २०७२ सालको भूकम्पपछि सात लाख मात्रै पर्यटक भित्रिएकोमा केही वर्षयता भने पर्यटक आगमनमा वृद्धि हुँदै गएको बताइन्छ ।
सम्बन्धित समाचार
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
अर्बौं बजेट थन्कियो, काम सुस्त — प्रदेश सरकारमाथि प्रश्न
-
भ्रमण धेरै, परिणाम थोरै? कृषि मन्त्रालयको अन्तर्राष्ट्रिय सहभागितामाथि प्रश्नचिन्ह
-
नेपालको पहिलो आधुनिक सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी
-
ओली र लेखकमाथि अनुसन्धान जारी, प्रहरीद्वारा भ्रामक सूचना नफैलाउन आग्रह
Leave a Reply