बल्लतल्ल उठ्यो २० लाख
काठमाडौं । उठाउनुपर्ने ५ करोड, बल्ल उठ्यो २० लाख । यो भृकुटीमण्डपको हल प्रयोग गरेबापत तिर्नुपर्ने संघ÷संस्थाहरूको कहानी हो, जसमा प्रमुख राजनीतिक दल र तिनका भ्रातृ संगठनहरूसमेत मुछिएका छन् ।
चौतर्फी दबाब बढेपछि र प्रहरी–प्रशासनले नै ताकेता गरेपछि समाजकल्याण परिषद्मातहत रहेको भृकुटीमण्डपको हल, पसल र सटरहरू भाडामा लिएर नतिरेका केही संघसंस्थाले २० लाख रुपैयाँ बक्यौता तिरेका छन् । जसमा नेपाली कांग्रेसको गणेशमान सिंह फाउन्डेसन, तत्कालीन एमालेको युवा संघलगायतले बितेको एक महिनाको अवधिमा २० लाख रुपैयाँ तिरेका छन् । गणेशमान सिंह फाउन्डेसनले एक्लैले पाँच लाख रुपैयाँ तिर्न बाँकी रहेको थियो ।
तर, राजनीतिक दलसम्बद्ध केही संघसंस्थाले पछिल्लो समय केही रकम तिरे पनि अझै करिब ४ करोड ८० लाख रुपैयाँ उठाउन बाँकी नै रहेको छ । गएको चैतमा परिषद्का सदस्य सिद्धि महर्जनको संयोजकत्वमा बाँकी बक्यौता उठाउन एउटा कमिटी गठन भएको थियो । उक्त कमिटीमा जिल्ला प्रशासन कार्यालय, काठमाडौं र प्रहरीका प्रतिनिधिसमेत सामेल थिए । तीन महिनाभित्र बाँकी बक्यौता उठाउने गरी सो कमिटी गठन भएको थियो । सो कमिटीले दुई महिनाको अवधिमा २० लाख रुपैयाँ उठाउन सफल भएको हो ।
बाँकी बक्यौता उठाउने कमिटीका संयोजक महर्जनले भने, ‘हामीले एउटा निश्चित समय सीमा तोकेर रकम तिर्न बाँकी संघसंस्थाहरूलाई तिर्न ताकेता गरेका छौं । हामीले अलिअलि गर्दै तिर्नुपर्ने रकम घटाउँदै जाने छुट पनि दिएका छौं । हाम्रो जिम्मेवारी अझै एक महिना बाँकी रहेको हुँदा यो अवधिमा अझ केही प्रगति होला ।’
यसअघि परिषद्का कोषाध्यक्ष वीरबहादुर ठगुन्नाको नेतृत्वमा बाँकी बक्यौता रकम उठाउन एउटा कमिटी गठन गरेको थियो । तर, सो कमिटीले एक वर्षसम्म समय पाउँदा पनि एक पैसा उठाउन सकेन । कोषाध्यक्ष ठगुन्नालाई भने सरकारले बर्खास्त गरेको छ । ठगुन्नासहित उपाध्यक्ष नीलमणि बराल, सदस्य गोकर्ण भट्टले इच्छुमति तरकारी बजार ठेक्का दिँदा अनियमितता गरेको हुँदा उनीहरूलाई सरकारले पदमुक्त गरेको हो । पदमुक्त भएपछि उनीहरूले अदालतमा पदबहालीका लागि मुद्दा दिए पनि अहिलेसम्म केही फैसला हुन सकेको छैन ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply