बालुवाटारमा डाकेर मानमर्दन
काठमाडौं । गत आइतबार बिहान माधवकुमार नेपाल निवास कोटेश्वरमा भीडभाड थियो । नेकपाका वरिष्ठ नेता नेपाल नेता–कार्यकर्ताहरूसँग भेटघाटमै व्यस्त थिए । त्यहीबीचमा नेपालको मोबाइलमा प्रधानमन्त्री केपी ओलीको घन्टी बज्यो–इमरजेन्सी छलफल गर्नुपर्ने भएकाले तुरुन्त बालुवाटार आइहाल्नुप¥यो ।
मुलुकको नेतृत्व गरिरहेका प्रधानमन्त्री र पार्टी अध्यक्ष ओलीबाटै त्यस्तो सन्देश आएपछि भेटघाट स्थगित गरेर वरिष्ठ नेता नेपाल बालुवाटार हान्निए । समय र वचनमा संवेदनशील नेता नेपाल केही समयपछि बालुवाटारमा उपस्थिति भए । शीर्ष नेताहरू कुनै बेला बालुवाटार आवतजावत हुने कुरा नौलो होइन । इमर्जेन्सी भनेर बोलाएका प्रधानमन्त्री ओली केहीबेर कुर्दा समेत ‘वेटिङ रुम’मा झरेनन् । प्रधानमन्त्री नआएपछि घडी हेर्दै नेपालले २५ मिनेट कुरे । प्रधानमन्त्री ओली भित्र त्यतिबेला प्रधानसेनापति राजेन्द्र क्षेत्रीसँगको छलफलमा थिए । तर, नेपाललाई कति समय पर्खनुपर्नेसमेत कुनै जानकारी नगराईएपछि उनी बालुवाटारबाट बाहिरिए । त्यसो त वरिष्ठ नेता नेपाल बाहिरिएपछि प्रधानमन्त्रीले उनलाई बीच बाटोबाटै फर्काउन प्रयास गरे । त्यहाँबाट बाहिरिएलगत्तै सम्पर्कविहीन बनेका नेपाललाई फर्काउन खोजिए पनि उनी बालुवाटार गएनन् । प्रधानमन्त्रीको व्यवहारबाट अपमानित महसुस गरेका वरिष्ठ नेता नेपाल तीन दिनपछि मंगलबार केन्द्रीय सचिवालयको बैठकको गृहकार्यका सिलसिलामा बालुवाटार पुगे । अर्का अध्यक्ष प्रचण्डसहितको छलफलमा वरिष्ठ नेता नेपालले यसरी मानमर्दन गर्ने हो भने आइन्दा बैठकको सिलसिलामा बाहेक आफू बालुवाटार नआउने भन्दै नेपालले सचेत गराएको स्रोतले जनाएको छ । नेपालसँग भेटघाट नभएपछि ओलीले आइतबार दिउँसो अध्यक्ष प्रचण्डसँग वान अन वान छलफल गरेका थिए ।
त्यसो त बालुवाटारमा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता झलनाथ खनाल, नेता वामदेव गौतमलगायत शीर्ष तहकै नेताहरू प्रधानमन्त्री ओलीको यस्तो कार्यशैलीबाट पटकपटक आजित हुँदै आएका छन् । बैठकका लागि बोलाएर आधा घन्टाभन्दा कुराइएपछि यसअघि नेपालसहित चार शीर्ष नेताहरूले केन्द्रीय सचिवालय बैठक बहिष्कार गरेका थिए । त्यसबारे अध्यक्ष ओलीले प्रस्टीकरण मात्र नदिएर आइन्दा त्यस्ता कमजोरी नदोहोरिनेसमेत प्रतिबद्धता पनि जनाएका थिए । अध्यक्ष प्रचण्ड पनि ओलीलाई एक घण्टाभन्दा बढी समय कुर्ने नेतामध्येमै पर्छन् । पार्टीमा प्रधानमन्त्री ओलीकै निकट भनेर बाहिर चिनिएका केही मन्त्रीहरूसमेत क्याबिनेटमै पटक–पटक उनको शैलीबाट आजित हुँदै आएका छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply