वातावरण दिवसको अवसरमा सरसफाइ
काठमाडौं । विश्व वातावरण दिवसका अवसरमा करिअर प्वाइन्ट एजुकेसन सर्भिसको आयोजनामा बुधबार बौद्धमा स्वच्छ वायुको अधिकारसम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रमको संयोजन तथा व्यवस्थापन नेपाल टिन लिडर्सका सदस्यहरूले गरेको करियर प्वाइन्ट एजुकेसन सर्भिसका सञ्चालक विशाल केसीले बताए ।
‘स्वच्छ वायु स्वच्छ जीवन’ भन्ने मूलनाराका साथ उक्त कार्यक्रम गरिएको नेपाल टिन लिडर्सको सदस्य रोमियो घले गुरुङले बताए । बौद्ध क्षेत्रका बालबालिकाले स्वच्छ वायुको अधिकारसम्बन्धी ‘डियर सरकार खै त मेरो स्वच्छ हावामा जिउने अधिकार’, ’वायु प्रदूषण पनि विनाशको एक हतियार हो’, ‘नाक मुख छोपेर अपराधीजस्तो भएर म कहिलेसम्म हिँड्ने’, ‘स्वच्छ हावा मेरो अधिकार’लगायत नारासहितको प्लेकार्ड बोकेर बौद्धमा प्रदर्शन गरेका थिए ।
प्रदूषणको मुख्य असर बालबालिकालाई सीधै पर्ने भएको हुँदा उनीहरूले दैनिक रूपमा सामना गर्नुपर्ने समस्याविरुद्ध र सम्बन्धित निकाय झक्झक्याउन बालबालिकाले नेपाल टिन लिडर्ससँग मिली यो कार्यक्रम गरिएको लिडर्सकी सदस्य ओजस्वि शिवाकोटीले बताइन् ।
उक्त विभिन्न वायुसम्बन्धी मागसहित सरकारलाई वायु प्रदूषण घटाउन झक्झक्याउने कोसिस उनीहरूले कार्यक्रममार्फत गरेका थिए । सो कार्यक्रममा बौद्धको सर्वनाम शिक्षालयका विद्यार्थीहरूको विशेष उपस्थिति रहेको थियो । सो कार्यक्रममा विद्यार्थीहरूले नृत्यसमेत प्रस्तुत गरेका थिए ।
संयुक्त राष्ट्रद्वारा घोषित ‘विश्व वातावरण दिवस’ पर्यावरणप्रति राजनीतिक र सामाजिक जागृति ल्याउने उद्देश्यले मनाइन्छ । वातावरण संरक्षणका लागि विश्वमै राजनीतिक र सामाजिक चेतना जगाउने उद्देश्यका साथ सन् १९७२ को ५ जुनदेखि १६ जुनसम्म संयुक्त राष्ट्रसंघको महासभाले विश्व वातावरण सम्मेलनको आयोजना गरेको थियो ।
सम्मेलनको एक वर्षपछि वातावरणीय संरक्षणको आवश्यकता महसुस गरी १९७३ देखि बर्सेनि जुन ५ तारिखमा विश्व वातावरण दिवस मनाउन थालिएको हो ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply